सञ्चारकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण

ओकेखबर संवाददाता १३ कार्तिक २०७७, बिहीबार १०:११ मा प्रकाशित ( साल अघि) ३४५ पाठक संख्या

न्युज २४ का सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष निकिता पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूहरु दुवै जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मंगलबाररातिदेखि सामान्य ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पौडेल दुवैजनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी गराएका छन् । उनले आफूहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।


सम्बन्धित खबरहरु