कोरोनाबाट थप ४ जनाको ज्यान गयो

ओकेखबर संवाददाता १२ कार्तिक २०७७, बुधबार १०:०८ मा प्रकाशित ( साल अघि) ३४६ पाठक संख्या

चितवन । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना उनीलाई कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । मृतक पुरुष मधुमेहको समेत बिरामी थिए ।

त्यसैगरी सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना भाइरसको संक्रमणबाट रुपन्देही र पाल्पामा थप एक–एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया महिला रहेका छन् ।

उनीहरुको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । बुटवलको कोरोना अस्पतालमा भेन्टिलेटर नपाएपछि ४ असोजमा लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारका लागि मेडिकल कलेज गएकी थिइन् । उपचारकै क्रममा शंकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।


सम्बन्धित खबरहरु