पाकिस्तानमा मदरसामा बम विस्फोट हुँदा ७ जनाको ज्यान गयो

ओकेखबर संवाददाता ११ कार्तिक २०७७, मंगलवार १५:३९ मा प्रकाशित ( साल अघि) २९८ पाठक संख्या

एजेन्सी । पाकिस्तानमा एक मदरसामा बम विस्फोट हुँदा कम्तीमा पनि ७ जनाको ज्यान गएको छ भने अन्य केही दर्जन घाइते भएका छन् ।

घटनास्थलमा रहेका अधिकारीहरुले मृत्यु हुनेमा केही अलग अलग उमेरका बालबालिका समेत रहेको जनाएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

खैबर–पख्तुनख्वाको पेशावर शहरमा सो घटना भएको हो । यो समाचार तयार पार्दासम्म कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन् ।

बिहान करिब साढे ८ बजे सो विस्फोट हुँदा ६० जना मानिस त्यहाँ उपस्थित रहेको बताइएको छ । एक प्रत्यक्षदर्शीले एक व्यक्ति विस्फोटभन्दा अघि झोला बोकेर मदरसामा पसेको देखेको बताएका छन् ।


सम्बन्धित खबरहरु