आज: 

कोरोना संक्रमणबाट चितवनमा थप दुई जनाको ज्यान गयाे

ओके खबर ९ कार्तिक २०७७, आईतवार १३:४७ मा प्रकाशित ( महिना अघि) १९४ पाठक संख्या

चितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप दुई जनाको ज्यान गएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

निमोनियाका बिरामी उनलाई ४ कात्तिकमा अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा ५ कात्तिकमा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चन्द्रनिगाहापुर नगरपालिका– १ की ७७ वर्षीया वृद्धामा मृत्युपछि  कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण उनलाई ८ कात्तिकमा अस्पताल भर्ना गरिएको थियो । ति वृद्धाको शनिबार साँझ मृत्यु भएको हो ।


सम्बन्धित खबरहरु