माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु, अरु घाईतेको हेलिकोप्टरमार्फत उद्धार

ओकेखबर संवाददाता ८ कार्तिक २०७७, शनिबार १५:५१ मा प्रकाशित ( साल अघि) २२४ पाठक संख्या

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका– ३ दशेरामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुईजनाको ज्यान गएको छ । घर पोत्ने माटो लिन उनीहरुलाई माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरेको थियो । ढिस्कोले पुरिएर घाईते भएका दुईजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढिस्कोले पुरिएर छेडागाड नगरपालिका– ३ की ३० वर्षीया शीतला जैसी र १६ वर्षीया आरती दाहालको ज्यान गएको हो ।


सम्बन्धित खबरहरु