पूर्वराजाले दसैँको शुभकामना दिँदै भने, ‘नेपाली जनता टुहुरो बनेको पीडाबोध हुँदैछ’

ओकेखबर संवाददाता ७ कार्तिक २०७७, शुक्रबार ०६:४२ मा प्रकाशित ( साल अघि) ४९० पाठक संख्या

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने बताएका छन् ।

आज दसैँको शुभकामना दिँदै शाहले संकटको बेला सरकार जनताको अभिभावक बन्न नसकेकोसमेत बताएका छन् ।

‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ,’ पूर्वराजा शाहद्वारा जारी सन्देशमा भनिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यति बेला हुँदैछ ।’

उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रास जस्ता विषयले जनजीवन पिरोलिएकोमा चिन्तासमेत व्यक्त गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ । त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन् ।’


सम्बन्धित खबरहरु