थपिए कोरोना भाइरसका ३६३७ संक्रमित, २१ को मृत्यु

ओकेखबर संवाददाता ६ कार्तिक २०७७, बिहीबार १६:५६ मा प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

मन्त्रालयका अनुसा्र हालसम्म संक्रमितमध्ये १ लाख २ हजार ८ सय २० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमितले ज्यान गुमाएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ ।


सम्बन्धित खबरहरु