कोरोनाबाट प्रहरी हवल्दारको मृत्यु

ओकेखबर संवाददाता ६ कार्तिक २०७७, बिहीबार ०७:२२ मा प्रकाशित ( साल अघि) ६६६ पाठक संख्या

चितवन । कोरोना संक्रमणका कारण एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

असोज २३ गते कोरोना संक्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनको घरमानै बसेर उपचार गराईरहेको अवस्थामा आज कोरोना  संक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु