भारतले फिर्ता गर्‍याे पक्राउ परेका चिनियाँ सैनिक

ओकेखबर संवाददाता ५ कार्तिक २०७७, बुधबार १४:०८ मा प्रकाशित ( साल अघि) ४२५ पाठक संख्या

एजेन्सी । भारतले लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई फिर्ता गरिदिएको छ । भारत–चीन सीमा पार गरेर भारततर्फ आएका चिनियाँ सैनिकलाई फिर्ता गरिएको भारतीय सेनाका अधिकारीहरुले बताएका छन् ।

भारतीय सेनाको तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा चिनियाँ सैनिकलाई सबै मेडिकल सुविधा र अक्सिजन पनि दिइएको बताइएको छ । ‘त्यसपछि ‘वर्तमान प्रोटोकल’ अनुसार चिनियाँ सैनिकलाई चीनसमक्ष सुम्पिएको हो’, विज्ञप्तिमा भनिएको छ ।

गएको सोमबार भारतले पूर्वी लद्दाखको डेमचोक क्षेत्रबाट सीमा पार गर्दै पिपुल्स लिबरेशन आर्मी (पीएलए) का एक सैनिक भारत आएको बताएको थियो । एक पशुपालकका याक खोज्नको लागि मद्दत गर्नै क्रममा चिनियाँ सैनिक वाङ या लोङ भारतर्फ आएका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार गएको बुधबार चिनियाँ सेनाले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘वाङ या लोङलाई बुधबार बिहानै चीनलाई बुझाइएको छ ।’


सम्बन्धित खबरहरु