“खुल्ला कविता प्रतियोगिता” का उत्कृष्ट १० कविता सार्वजनिक

ओकेखबर संवाददाता ४ कार्तिक २०७७, मंगलवार १७:५६ मा प्रकाशित ( साल अघि) ५१७ पाठक संख्या

काठमाडौं ।  विजया दशमी तथा शुभ दिपावलीको अवसरमा साहित्य सारथि समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको “खुल्ला कविता प्रतियोगिता” का उत्कृष्ट १० जना कविको नाम सार्वजनिक गरेको छ ।

“कविता लेखन प्रतियोगिता” का उत्कृष्ट दशमा सुजन तिमल्सिना “अपरिचीत”, गौरव न्यौपाने “विधीको शासन”, किरण चौलागाईं”एउटा घरको कथा”, विनायक पन्त “देश रोहिरहेछ”, शैलेन्द्र राना मगर “मेरा बा रुँदा को रुने”, सिर्जना पैडेल “मैले अर्जेको शिक्षाले गिज्यायो”, कपिल बोगटी “माटोको सिरानी”, ज्ञानेन्द्र दहाल “स्वास्थ स्वयंसेविका” ,अस्मिता कार्की”जीवन जस्तै”, राज कुमार मिजार “अल्छी भएछौं” परेका छन् ।

उत्कृष्ट दशमा पर्ने कविहरुले कविता कार्तिक ०५ गते, साँझ ४ बजे Zoom app मार्फत संचालन गरिने कार्यक्रममा कविता वाचन गर्नेछन् ।

आयाेजकका अनुसार सोही दिन सर्वोत्कृष्ट तीनको घोषणा गरि पुरस्कृत गरिनेछ ।

कविता वाचनमा सन्तोष धेबे र सागर सुवेदी दुईजना निर्णायकहरु रहनेछन् भने प्रमुख अतिथिको रूपमा सुरेन्द्र अस्तफल रहने आयोजकले बताएको छ ।


सम्बन्धित खबरहरु