काठमाडौंमा रिपोर्ट नेगेटिभ, घर पुगेपछि पोजेटिभ, अनि मृत्यु

ओकेखबर संवाददाता ४ कार्तिक २०७७, मंगलवार ०८:५० मा प्रकाशित ( साल अघि) १५९९ पाठक संख्या

दाङ । दाङको लमहीका होम आइसोलेशनमा बसेका कोरोना संक्रमितको मृत्यु भएको छ। ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

जन्डिसको समस्या देखिएपछि उपचारका लागि काठमाडौं गएका लमही नगरपालिका–५ का ती व्यक्ति दाङ फर्किने बेला परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।

तर लमही आएपछि पुनः परीक्षण गर्दा श्रीमान–श्रीमतीलाई नै संक्रमण देखिएको थियो। त्यसपछि उनीहरु विगत एक हप्तादेखि होम आइसोलेशनमा बसेका थिए ।

श्रीमानको मृत्यु भए पनि श्रीमतीको स्वास्थ्य भने सुधार हुने क्रममा रहेको जनाइएको छ। अहिले शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल भइरहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले बताएका छन् ।
-देशसञ्चार


सम्बन्धित खबरहरु