गृह मन्त्रालयले दियाे सिडिओ र सुरक्षा प्रमुखलाई यस्तो आदेश

ओकेखबर संवाददाता ४ कार्तिक २०७७, मंगलवार ०७:२४ मा प्रकाशित ( साल अघि) ५७८ पाठक संख्या

काठमाडौं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखहरूलाई दसैंका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिनुपर्ने भएकाले दसैं, तिहार जस्ता चाडपर्वको बेला बिदा नबस्न निर्देशन दिएका हुन्।

चाडपर्वका बेला आवागमन बढ्दा संक्रमणको जोखिम पनि वृद्धि हुन सक्ने गृहको आंकलन छ। ‘जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव उपाय गर्न गराउन दसैं बिदाको अवधिमा प्रजिअ र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइसकिएको छ,’गृहको विज्ञप्तिमा भनिएको छ।

गृहको परिपत्रसँगै प्रजिअसहित देशैभरीका सुरक्षा प्रमुखहरुले दसैंमा बिदा बस्न नपाउने भएका छन्। गृहले निर्देशन दिनुभन्दा अघि नै सुरक्षा निकायले मातहतका सबै युनिटलाई परिपत्र गरेर चाडपर्वमा कर्मचारीलाई बिदा नछाड्न सर्कुलर गरेका थिए।

त्यसैगरी गृह मन्त्रालयले आवश्यक कामबाहेक घर बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, भोजभतेर नगर्न तथा जो–जहाँ छ, त्यहीँ बसेर पर्व मनाउन पनि आम नागरिकलाई आग्रह गरेको छ।

यस्तो त विज्ञप्ति

 


सम्बन्धित खबरहरु