हेमा मालिनीबारे यी २५ तथ्य

ओकेखबर संवाददाता ३ कार्तिक २०७७, सोमबार २१:३८ मा प्रकाशित ( साल अघि) ५७४ पाठक संख्या

हेमा मालिनी बलिउड फिल्म उद्योगमा सुन्दरताका कारण सधै चर्चामा रहन्छिन् । आफ्नो करिअरका दौरान उनले एकसे एक हिट फिल्म दिएकी छिन् ।

उनका यी २५ तथ्य:

– हेमा मालिनीकी आमा जया चक्रवर्ती जतिबेला गर्भवती थिइन्, त्यतिबेला उनलाई छोरा हुन् कि छोरी भन्नेबारे थाहा थिएन । तर, उनी छोरी जन्मिनेमा यति विश्वस्त थिइन् कि, उनले छोरीको नाम नजन्मँदै हेमा मालिनी राखेकी थिइन् ।

– हेमाकी आमा जयाले गर्भावस्थामा हुँदा आफ्नो कोठामा दुर्गा, सरस्वती, लक्ष्मीका अनेक चित्र टाँसेकी थिइन् ।

– हेमाकी आमा एक राम्री नर्तकी बन्न चाहन्थिन् । तर, बन्न सकिनन् । आफ्नी छोरीलाई उनले सर्वोत्तम नर्तकी बनाउन चाहन्थिन् ।

– हेमा मालिनी पढाइमा होसियार थिइन् । इतिहास पढ्न उनलाई रमाइलो लाग्थ्यो ।

– हेमाले १० कक्षाको परीक्षा पनि दिन पाइनन् । किनकि, उनलाई लगातार अभिनयको प्रस्ताव आइरह्यो ।

 

– चौध वर्षको उमेरमा हेमाको घरमा फिल्म निर्माताहरु आउन थाले । निर्माता–निर्देशक श्रीधरले फोटो सेसनका लागि सारी लगाउन भने । – सारी यसकारण कि, हेमा उमेरभन्दा बढी देखाउन सकियोस् ।

– हिन्दी फिल्ममा हेमा मालिनीलाई पहिलो अवसर ‘सपनोंका सौदागर’ मा मिल्यो । फिल्ममा हिरो राज कपूर थिए । जो उमेरमा हेमाभन्दा बढी बूढा देखिन्थे ।

– राज कपूरले हेमालाई भनेका थिए – एक दिन यो युवती फिल्मकी धेरै ठूलो स्टार बन्नेवाला छे ।

– सन् १९७० मा रिलिज भएको ‘जोनी मेरा नाम’ बाट हेमालाई गम्भीरताका साथ लिन थालियो । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो ।

– आफ्नो करिअरको शुरुवातमा हेमाले धर्मेन्द्रका साथ तुम हसीं मैं जवां, शराफत, नया जमाना लगायत केही फिल्ममा काम गरिन् । यी फिल्म बक्स अफिसमा खासै चलेनन् तर हेमा र धर्मेन्द्रको जोडी रुचाइयो ।

– ‘सीता र गीता’ नामक फिल्ममा हेमा मालिनीले दोहोरी भूमिका निभाइन् । यो फिल्मले हेमालाई अग्रपंक्तिकी नायिका साबित गर्‍यो ।

– हेमाको सुन्दरता देखेर उनलाई ड्रिम गर्ल भन्न थालियो । यही नामको एक फिल्म हेमाकी आमाले बनाएकी थिइन् ।

– हेमा मालिनीको सौन्दर्यको जादु कैयन् फिल्म अभिनेतामाथि पनि चल्यो । जीतेन्द्र र सञ्जीव कुमार जस्ता अभिनेताले हेमासँग बिहे गर्न चाहन्थे ।

– धर्मेन्द्र, राजेश खन्ना, जीतेन्द्र र अमिताभ बच्चनका साथ हेमाको जोडी खुबै रुचाइएको थियो ।

– हेमा मालिनीले ‘दिल आशना है’ नामक फिल्म निर्देशन गरिन् । यो फिल्मबाट उनले शाहरुख खानलाई अवसर पनि दिइन् ।

– सन् २००४ मा हेमा मालिनी भारतीय जनता पार्टीमा सामेल भइन् । उनले राजनीतिक यात्रा पनि थालिन् ।

– अभिनेत्री हुनाका साथै हेमा एक कुशल नृत्यांगना पनि हुन् । उनले भरतनाट्यम, कुचिपुडी र ओडीसीमा विधिवत प्रशिक्षण लिएकी थिइन् ।

– फिल्मफेअर अवार्डमा हेमा मालिनीको नाम ११ पटक छनोटमा परेको थियो । तर, उनले ‘सीता और गीता’ का लागि एकपटक मात्र अवार्ड जितिन् ।

– सांसद बनेपछि हेमा जहाँ पनि चुनाव प्रचारका लागि गइन् । सबैले उनलाई सोले फिल्मको बसन्तीको संवाद सुनाउन आग्रह गर्थे ।

– राज कपूरले फिल्म ‘सत्यम् शिवम् सुन्दरम’ को रोल पहिले हेमा मालिनीलाई अफर गरेका थिए । फिल्ममा धेरै अंग प्रदर्शन गर्नुपर्ने दृश्य भएपछि उनले रिजेक्ट गरेकी थिइन् ।

– पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले हेमाको फिल्म ‘सीता और गीता’ कैयन् पटक हेरे । हेमाको दोहोरो भूमिका उनले खुबै रुचाए ।

– हेमा आफ्नो सुन्दरता जोगाइराख्नका लागि हरेक दिन योग र व्यायाम गर्ने गर्छिन् ।

– सप्ताहमा दुईपटक हेमा उपवास बस्छिन् । त्योमध्ये एक दिन शुक्रवार हुन्छ ।

– हेमाको रोजाइमा कांजीवरम् साडी, चमेली फूल र थोरै ज्वेलरी पर्छ ।

– फिल्म ‘बागबान’ मा हेमाको सुन्दरता देखेर अमिताभ बच्चनले भनेका थिए – आज पनि तपाईं आफ्नी छोरीभन्दा धेरै जवान लाग्नुहुन्छ ।


सम्बन्धित खबरहरु