लोक सेवाको परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित)

ओकेखबर संवाददाता ३ कार्तिक २०७७, सोमबार १९:३१ मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लोक सेवा आयोगले आगामी कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।

आयोगले आज सूचना प्रकाशित गरी परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।

आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूमा सिर्जना भएको एवं आयोगका कर्मचारीहरूसमेत कोरोना भाइरसबाट संक्रमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू बन्द गर्नु परेको तथा कर्मचारीहरू आइसोलेसनमा रहेको कारण जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापनमा समस्था उत्पन्न हुने जनाउँदै कात्तिक १६ गतेदेखि सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको आयोगले जनाएको छ।

यसैगरी राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरहका रिक्त पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनमा दरखास्त संकलनलगायत सम्पूर्ण प्रक्रियासमेत अनिश्चितकालका लागि स्थगित गरिको छ।

यस्तो छ सूचना:


सम्बन्धित खबरहरु