काठमाडौं उपत्यकामा मात्रै थपिए कोरोनाका २३८८ संक्रमित

ओकेखबर संवाददाता ३ कार्तिक २०७७, सोमबार १६:५९ मा प्रकाशित ( साल अघि) ४७२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

आज उपत्यकाको माठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

त्यसैगरी लमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ ।

मन्बालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमितले ज्यान गुमााएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।


सम्बन्धित खबरहरु