उदयपुरमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

ओकेखबर संवाददाता २ कार्तिक २०७७, आईतवार ०९:०० मा प्रकाशित ( साल अघि) ८८८ पाठक संख्या

काठमाडौं । उदयपुरमा शनिबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका–१४ भदौरे भिरमा शनिबार रातिदुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए ।


सम्बन्धित खबरहरु