अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख नाघ्याे

ओकेखबर संवाददाता १ कार्तिक २०७७, शनिबार ०९:५३ मा प्रकाशित ( साल अघि) ४८५ पाठक संख्या

एजेन्सी । अमेरिकामा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप  ७१ हजार ६८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ९५ हजार ४०१ जना संक्रमणमुक्त भएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेका २६ लाख ६९ हजार २३३ जनामध्ये १५ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २३ हजार नाघेको छ ।

शुक्रबार थप ९२८ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २३ हजार ६४४ पुगेको छ ।


सम्बन्धित खबरहरु