फ्रान्समा टाउको काटेर शिक्षकको हत्या

ओकेखबर संवाददाता १ कार्तिक २०७७, शनिबार ०८:०७ मा प्रकाशित ( साल अघि) ४५८ पाठक संख्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा टाउको काटेर शिक्षकको हत्या भएको छ।

आक्रमणकारीको प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना पूर्व हत्या भएका शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टून देखाएका थिए ।

प्रहरीले आक्रमणकारीलाई पनि गोली हानी मारेको छ। आक्रमणकारीको नाम भने सार्वजनिक गरिएको छैन।

फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए । पैगम्बर मोहम्मदको कार्टुन थियो ।

त्यसपछि यसै महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी गरेका थिए।

फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेंकरले ट्वीट गर्दै शिक्षकमाथिको आक्रमण फ्रान्समाथिको आक्रमण भएको बताएका छन्।

उनले एकता र दृढतासँग मात्र इस्लामिक आतंकवादसँग लड्न सकिने बताएका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गर्दै इस्लामिक आतंकवादीले आक्रमण गरेको बताएका छन् ।


सम्बन्धित खबरहरु