दुवै मृगौला पीडित रवीलाई आर्थिक सहयोग

ओकेखबर संवाददाता ३० आश्विन २०७७, शुक्रबार २२:३० मा प्रकाशित ( साल अघि) ५८७ पाठक संख्या

काठमाडौं । दुवै मृगौला फेल भएपछि उपचारको लागि आर्थिक अभाव झेलिरहेका रवी रसाइलीलाई सहयोग रकम हस्तान्तण गरिएको छ । रौतहट घर भएका रसाइली परिवारलाई सामाजीक सञ्जालमा सक्रिय ‘सँगसँगै ग्रुप’ले ३० हजार २ सय ७३ रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

सहयोग नगद बुझ्दै निर्मला रसाइली (रवीकी आमा) ले उपचारमा सहयोग गरेकोमा सँगसँगै ग्रुपलाई आभार व्यक्त गर्दै अन्य सहयोगी मनहरुसँग पनि सहयोगको आशा व्यक्त गरेकी छिन् ।

१७ वर्षदेखि काठमाडौंको बसुन्धरामा बस्दै आएका अनिल रसाइली र निर्मला रसाइलीको एकमात्रै छोरा १९ वर्षीय रवी रसाइलीको गत मंसिरमा दुवै मृगौला फेल भएपछि विभिन्न अस्पतालमा उपचार गराउँदा करीब ११ लाख रुपैयाँ सकिसकेको निर्मलाले बताइन् ।

त्यसो त ज्याला मजदुरी गर्दै आएका रसाइली दम्पतीको कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले चरणबद्ध रुपले लागु गराएको लकडाउन र निषेधाज्ञाले रसाइली परिवारको रोजीरोटी गुम्यो । दिनभरीको कमाइले छाक टार्दै आएका उनिहरुले जसोतसो छोराको पढाइखर्च धान्दै आएका थिए ।

छोराको दुवै मृगौला फेल भएपछि उपचारको लाथि आर्थिक अभावले विचल्लीमा परेपछि उनिहरुले विश्वभरका नेपालीसँग सहयोगको याचना गरिरहेका छन् ।


सम्बन्धित खबरहरु