आज: 

कन्चनको ‘दिलको ड्राईभर’ म्याकुरी बनेपछि…

ओके खबर ३० आश्विन २०७७, शुक्रबार २०:०५ मा प्रकाशित ( हफ्ता अघि) ३७० पाठक संख्या

काठमाडौं । ‘दिलको ड्राईभर’ गीत सार्वजनिक भएको छ । एमबी क्रियशन युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतमा ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ ।

गीतमा चर्चित कलाकार पवन खतिवडा (म्याकुरी) र कन्चन खड्काको अभिनय देख्न सकिन्छ । गीतमा ईशा कार्कीले संगितबद्ध गरेका छन् भने रिकेश गुरुङले एरेन्ज गरेका हुन् । मनोज विष्टको निर्देशन रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

 

गीतको भिडियोमा कोरियोग्राफरको रुपमा राज महर्जन रहेका छन् । गीतको परिकल्पना ईशा कार्की र अमृत जंग कुँवरले गरेका हुन् ।

गीतमा ह्याप्पी क्रियु र चार्मिङ ईन्टरटेनमेन्टका कलाकारले साथ दिएका छन् । यस्तै गीतको प्रोडक्सन म्यानेजरको रुपमा उमेश महर्जन रहेका छन् ।

भिडियो :


सम्बन्धित खबरहरु