कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु

ओकेखबर संवाददाता ३० आश्विन २०७७, शुक्रबार १५:५४ मा प्रकाशित ( साल अघि) ३०७ पाठक संख्या

काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।

असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।


सम्बन्धित खबरहरु