फेरि बढ्याे सुनको भाउ

ओकेखबर संवाददाता ३० आश्विन २०७७, शुक्रबार १२:०४ मा प्रकाशित ( साल अघि) २३६ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ वृद्धि भएको छ । पछिल्लो केहि दिन घटेको सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

बिहीबार चाँदी आजकै मूल्यमा कारोबार भएको थियो ।


सम्बन्धित खबरहरु