आज: 

सलमानले सके राधेको छायांकन

ओके खबर ३० आश्विन २०७७, शुक्रबार ०८:४९ मा प्रकाशित ( हफ्ता अघि) १२७ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेता सलमान खानले आफूहरूले कोरोनाबाट पूर्ण सुरक्षित हुँदै फिल्म राधेको छायांकन सम्पन्न गरेको बताएका छन् । मुम्बईमा लकडाउन केही खुकुलो भएपछि गत महिनाबाट सलमानले यो फिल्मको छायांकन सुरु गरेका थिए ।

आफूहरू क्वारेन्टाइनमा रहेर यो फिल्मको छायांकन सकेपछि मात्र पीसीआर परीक्षण गरेर परिवारसँग जोडिएको सलमानको कथन छ । सलमान खानले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै राधेको छायांकन सकिएको घोषणा गरेका हुन् ।

यो फिल्मको क्लाइमेक्स छायांकन एक साताअघिबाट सुरु गरिएको थियो । क्लाइमेक्स पनि सम्पन्न गरेर फिल्मको छायांकन टुंग्याएको यसको निर्माता सोहेल खानले बताएका छन् ।

यो फिल्ममा सलमान खानसँग दिशा पटानी मुख्य भूमिकामा छिन् । प्रभु देव यसका निर्देशक हुन् । फिल्ममा जैकी श्राफ, रणदीप हुड्डलगायतको मुख्य भूमिका छ । फिल्मको निर्मातामा सोहेल खान, अतुल अग्निहोत्रीलगायत छन् ।

 


सम्बन्धित खबरहरु