निराजन र आँचलको ‘माया बैगुनी’ सार्वजनिक (भिडियोसहित)

ओकेखबर संवाददाता २९ आश्विन २०७७, बिहीबार १९:१९ मा प्रकाशित ( साल अघि) ५८२ पाठक संख्या

काठमाडौं । कलाकार तथा मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया बैगुनी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विजय शंखर र विमोचना लोम्जेलको आवाज रहेको छ । यस्तै गीतमा संगीत र शब्द रचना गायक शंखरकै रहेको छ ।

प्रेमका शब्द उनिएको गीतको म्युजिक भिडियोमा निराजन र आँचलले कम्मर मर्काएका छन् । भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा शुशील न्यौपानेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ ।


सम्बन्धित खबरहरु