भारतीय प्रधानसेनापति नरवाणे नेपालमा आउने

ओकेखबर संवाददाता २८ आश्विन २०७७, बुधबार १६:०० मा प्रकाशित ( साल अघि) ७१० पाठक संख्या

काछमाडौं । भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी नोभेम्बरमा उनी नेपाल आउने नेपाली सेनाले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।

गत ३ फेब्रुअरी २०२० मा मन्त्रिपरिषद्को बैठकले उनलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेको थियो । तर, कोरोनाका कारण उनको भ्रमण रोकिएको थियो ।

लिम्पियाधुरासम्मको भूभागलाई लिएर नेपाल र भारतबीचको सीमा विवाद सुल्झिन नसकिरहेका बेला भारतीय सेना प्रमुखको भ्रमण हुने लागेको हो ।


सम्बन्धित खबरहरु