सुनचाँदीको भाउ घट्यो

ओकेखबर संवाददाता २८ आश्विन २०७७, बुधबार १५:४२ मा प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । हिजो पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खबरहरु