रामकुमार रिमालको ‘फ्यान्टा कोकैमा’ सार्वजनिक (भिडियाेसहित)

ओकेखबर संवाददाता २७ आश्विन २०७७, मंगलवार २०:१४ मा प्रकाशित ( साल अघि) ४८१ पाठक संख्या

काठमाडौं । गायक तथा सङ्गीतकार रामकुमार रिमालको ‘फ्यान्टा कोकैमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएकाे छ।

‘फ्यान्टा कोकैमा’ बोलको दोहोरी गीतको शब्दलेखन उदेश खतिवडाले गरेका हुन्। यस गीतलाई सङ्गीत रामकुमार रिमालले दिएका छन् भने आर.बि. लामाले सङ्गीत सम्योजन गरेका छन् ।

हलेसी डिजिटल रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको यो गीतमा अहिलेका चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बि.सी.को आवाजमा सजीएकाे छ ।

साथै अडियो मिक्स तथा मास्टरिङ्ग महेश्वर मान राजभण्डारीले गर्नुभएको हो। प्रकाश भट्टको निर्देशनमा बनेको यस गीतमा हृत्तिक घिमिरे तथा आरती भण्डारी प्रमुख भुमिकामा देखिएका छन् ।

गीतकाे भिडियाेमा गल्छी तथा महेशदोभानको धार्मिक तथा पर्यटकीय क्षेत्रका दृष्यहरु देख्न सकिन्छ ।


सम्बन्धित खबरहरु