दशैँ अगावै दुई महिनामा भित्रियो साढे तीन करोडको तास

ओकेखबर संवाददाता २७ आश्विन २०७७, मंगलवार १५:४४ मा प्रकाशित ( साल अघि) २४० पाठक संख्या

कामाडौं । दुई महिनामा नेपालमा ३ करोड ४२ लाख १५ हजार बराबरको तास आयात भएको छ। भन्सार विभागको तथ्यांकअनसार साउन र भदौ महिनामा मात्रै उक्त मूल्यबराबरका १६ लाख १० हजार २ सय ५८ प्याकेट तास आयात भएका हुन्।

मुलुकको सबैभन्दा ठूला चाडपर्वहरु दशैँ, तिहार, छठ नजिएका छन्। दशैँ, तिहारलाई तास खेल्ने अवसरको रुपमा लिइन्छ। दशैँ आउनुअघिको दुई महिनामा उक्त तास भित्रिएका हुन्।

गत वर्ष साउन र भदौ महिनामा ४ करोड ७३ लाख ३० हजार रुपैयाँबराबरका ३३ लाख ४१ हजार प्याकेट तास आयात भएका थिए।

मुलुकमा वर्षेनी करोडौंको तास आउने गरेको छ। गत वर्ष २०७६÷०७७ विभिन्न मुलुकबाट २३ करोड ५४ लाख ९३ हजार रुपैयाँबराबरको १ करोड ३२ लाख ६७ हजार ६ सय २२ प्याकेट तास आयात भएको थियो। जसबाट मुलुकले १२ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

सरकारले व्यापारघाटा कम गर्ने नीति लिइरहेको बेला कानुनी रुपमै बन्देज रहेको तास भने वर्षेनी करोर्डौं रुपैयाको आयात भइरहेको छ। कुनै पनि वस्तुको आयात रोक्न सक्ने अर्थ मन्त्रालयले तासलाई मनोरञ्जनका रुपमा लिएकाले पनि आयात प्रतिबन्ध लगाउन नसकिने बताउँदै आएको छ।

 


सम्बन्धित खबरहरु