आज: 

१३ अक्टोबरमा पृथ्वीबाटै मंगल ग्रहको सतह छर्लङ्ग देख्न पाइने

ओके खबर २५ आश्विन २०७७, आईतवार २१:५१ मा प्रकाशित ( हफ्ता अघि) १९९ पाठक संख्या

एजेन्सी । अबको दुई दिनपछि अर्थात २७ गते तदनुसार १३ अक्टोबरका दिन अन्तरिक्षमा एउटा यस्तो दृष्य देखिनेछ, जसलाई छुटाउनु भयो भने सन २०३५ सम्म पर्खनु पर्ने हुन्छ ।

पछिल्लो केही दिन यता मंगल ग्रह पृथ्वीको निकै नजिक आइपुगेको छ । त्यसैले मंगल ग्रहलाई अहिलेसम्मकै सबैभन्दा ठूलो आकृतिमा देख्न पाइनेछ ।

खगोल वैज्ञानिकहरु र मंगल ग्रहका बारे चासो राख्नेहरुबीच यो विषय निकै खुसी दिने र ऐतिहासिक क्षण बनेको छ ।

यही असोज २७ गते अर्थात १३ अक्टोबरका दिन मंगल ग्रह केही समयका लागि पृथ्वीको निकै नजिक आउने छ ।

खगोलविदहरुका अनुसार सन २०३५ भन्दा अगाडि यस्तो अवस्था दोहोरिने छैन । मंगल ग्रह सूर्यको ठिक विपरित स्थानमा र पृथ्वी मंगल र सूर्यको ठिक बीचमा हुँदा यस्तो स्थिति उत्पन्न हुन्छ ।

मंगल र पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रम एकैसाथ हुने भएकाले सूर्यास्तका बेला मंगल ग्रहलाई आकाशमा देख्न सकिनेछ ।

दुरबीनको सहयोगमा मंगल ग्रहलाई अत्यन्तै चमकदार, स्पष्ट र ठूलो आकारमा देख्न सकिने खगोलविदहरुले बताएका छन ।

सफा मौसम र खुल्ला आकाश भयो भने यो दुर्लभ दृष्य सजिलै देख्न सकिनेछ । मंगल ग्रह पूर्व दिशामा देख्न सकिनेछ ।

मंगल ग्रह चम्किलो र नौरंगी प्रकाशमा जगमगाएको देख्न सकिने छ । मंगल ग्रह आधा रातसम्ममा दक्षिणी दिशा तर्फ लाग्ने छ ।

नांगो आँखाले तारा जस्तो रुपमा मात्रै देख्न सकिने मंगल ग्रहलाई राम्रो क्षमताको टेलिस्कोपबाट स्पष्ट देख्न सकिने छ । मंगल ग्रहको सतहसमेत स्पष्ट रुपमा देख्न सकिने छ ।

खगोल वैज्ञानिकहरुका अनुसार मंगल ग्रह ६ अक्टोबरका दिन पृथ्वीको अहिलेसम्मकै सबै भन्दा नजिकको दुरीमा आइपुगेको थियो ।

जसअनुसार मंगल ग्रहको पृथ्वीसंगको दुरी ६२ दशमलग ०७ मिलियन किलोमिटर रहेको थियो । दुरीका हिसाबले मंगल ग्रह चन्द्रमा भन्दा १६० गुणा धेरै टाढा रहेको नासा साइन्सले जनाएको छ ।


सम्बन्धित खबरहरु