शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना पुष्टि, पाटन अस्पताल भर्ना

ओकेखबर संवाददाता २५ आश्विन २०७७, आईतवार १७:५७ मा प्रकाशित ( साल अघि) ४०५ पाठक संख्या

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार पाटन अस्पताल भर्ना भएका पोखरेललाई शनिबार कोरोना पोजिटिभ देखिएको हो ।

कोरोना पोजिटिभ देखिएपछि उनी अहिले आइसोलेसनमा बसिरहेका मन्त्री पोखरेलका सहयोगी विनोद न्यौपानेले जानकारी दिए ।

शुक्रबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई पनि कोरोना पुष्टि भएको थियो ।


सम्बन्धित खबरहरु