गुणस्तरीहीन स्यानिटाइजर बजारमा

ओकेखबर संवाददाता २५ आश्विन २०७७, आईतवार ०८:२९ मा प्रकाशित ( साल अघि) ३०४ पाठक संख्या

काठमाडौं । सरकारले बजारमा बिक्री–वितरण हुँदै आएका हात तथा वस्तुको निर्मलीकरण गर्ने स्यानिटाइजर गुणस्तरहीन भएको जानकारी गराउँदै यसको प्रयोग नगर्न दैनिक अखबारहरुमा सार्वजनिक सँचनाजारी गरेको छ ।

भारतमा निर्मित पामाकियर, चीनमा निर्मित ओपेकल र नेपालमा निर्मित सासा, युनिकियर, इन्सट्यान्ट, एड्भान्स ह्यान्ड एन्ड सँर्यमुखी नामका स्यानिटाइजर गुणस्तरहीन भएको सरकारले बताएको छ ।

औषधी व्यवस्था विभागका अनुसार चार कम्पनीबाट निर्मित स्यानिटाइजर गुणस्तरहीन मात्र नभई प्रयोगकर्ताको स्वास्थ्यका लागि हानिकारक पनि छन् ।

त्यसमा प्रयोग भएको विषयुक्त रसायन मानव स्वास्थ्यलाई घात गर्ने खालको छ । सरकारले सम्बन्धित उत्पादक तथा वितरकलाई आफ्ना उत्पादन तत्काल बजारबाट फिर्ता लिन भनेको छ ।

 


सम्बन्धित खबरहरु