अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

ओकेखबर संवाददाता २४ आश्विन २०७७, शनिबार १४:१८ मा प्रकाशित ( साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन भएको हो ।

बिहीबारबाट डा। केसी र सरकारी पक्षबीच वार्ता सुरु भए पनि सफल हुन सकेको छैन । वार्तालाई असफल बनाएर सरकारले केसीको जीवन नै समाप्त पार्ने नियत देखिएको केसी समर्थकहरुको आरोप छ ।

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ? ’ लगायतका नारा लगाएका छन ।

सरकार र डा केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको ड.। केसी पक्षधरको भनाइ छ । केसी पक्षले यसअघि नै विज्ञप्ती निकाल्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ ।अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन


सम्बन्धित खबरहरु