डा. केसीको स्वास्थ्य जटिल बन्दै, सरकारसँगको वार्ता निश्कर्षविहीन

ओकेखबर संवाददाता २४ आश्विन २०७७, शनिबार ०८:१८ मा प्रकाशित ( साल अघि) २८२ पाठक संख्या

काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता नश्कर्षविहिन टुङ्गिएको छ । गएराति अबेर भएको छलफल बिना निश्कर्ष टुङ्गिएको हो ।

अस्ति भएको सहमतिको प्रारम्भिक मस्यौदाबाट सरकार पछि हटेपछि वार्ता विना निश्कर्ष टुङ्गिएको डाक्टर केसी पक्षका वार्ता टोलीले आरोप लगाएको छ । तर सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफल गर्नुपर्ने भएकाले राति निश्कर्ष ननिस्किएको बताएको छ । सरकारी टोलीले आज फेरि केसी पक्षसँग वार्ता गर्ने बताएको छ ।

डा. केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको र छातीमा समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले जानकारी दिए ।

सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत २९ भदौदेखि आमरण अनशनमा रहेका छन् । जुम्लाबाट आफ्नो १९औँ पटकको अनशन सुरु गरे‍का डा। केसी त्यहाँ असहज हुने देखेर काठमाडौं आएका थिए । उनले काठमाडौंको शिक्षण अस्पतालमा आफ्नो अनशनलाई जारी राखेका छन् ।

 


सम्बन्धित खबरहरु