डा. केसीको तर्फबाट वार्ता गर्न डा. क्षेत्रीको संयोजकत्वमा समिति गठन

ओकेखबर संवाददाता २२ आश्विन २०७७, बिहीबार ०७:४३ मा प्रकाशित ( साल अघि) २७९ पाठक संख्या

काठमाडौं । २४ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीको तर्फबाट सरकारी टोलीसँग वार्ता गर्न चार सदस्यीय समिति गठन भएको छ ।

बुधबार केसीको तर्फबाट डा‍ जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो ।

डा‍ केसीका सहयोगी प्रितम सुवेदीका अनुसार वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य रहेका छन् ।

सरकारले शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरे लगत्तै केसीको तर्फबाट वार्ता गर्न समिति गठन भएको हो ।

सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत २९ भदौदेखि आमरण अनशनमा रहेका छन् । जुम्लाबाट आफ्नो १९औँ पटकको अनशन सुरु गरे‍का डा. केसी त्यहाँ असहज हुने देखेर काठमाडौं आएका थिए । उनले काठमाडौंको शिक्षण अस्पतालमा आफ्नो अनशनलाई जारी राखेका छन् ।


सम्बन्धित खबरहरु