आज: 

ब्ल्याक होलको अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

ओके खबर २१ आश्विन २०७७, बुधबार ०६:३९ मा प्रकाशित ( हफ्ता अघि) ९३ पाठक संख्या

एजेन्सी । बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्ड्रिया गेजलाई ब्रह्मान्डको सबैभन्दा ठुलो रहस्य मध्यका एक ब्ल्याक होलको अनुसन्धानमा उनीहरुले पुर्याएको योगदानको कदर स्वरुप भौतिशास्त्र तर्फका नोबेल पुरस्कार प्रदान गरिएको नोबेल निर्णायक मन्डलले घोषणा गरेको छ ।

ब्रह्मान्डको सबैभन्दा अनौथो लिला मध्यको एक ब्ल्याक होलका बारेमा उनीहरुको खोजका लागि ती भौतिकशास्त्रीहरुको चयन गरिएको नोबेल कमिटीले जनाएको छ । ९ बर्षिय पेनरोजलाई ब्ल्याक होल निर्माणमा सापेक्षताबादको सामान्य सिद्धान्तले नै काम गरेको प्रमाणित गरेकोमा सम्मानित गरिएको हो भने ६८ बर्षिय गेन्जेल र ५५ बर्षिय गेजलाई हाम्रो आकासगंगामा ताराहरुको कक्षहरु ब्यवस्थित गर्ने अदृष्य तथा अत्यन्तै द्रब्यमान बस्तु पत्तालगाएकोमा संयुक्त रुपमा पुरस्कृत गरिएको निर्णायक मन्डलले जनाएको छ ।

गेज सन् १९०१ देखि भौतिशास्त्र तर्फको पहिलो नोबेल पुरस्कार प्रदान गरिएपछि यस पुरस्कारबाट विभुषित हुने चौथो महिला हुन् । आफु पुरस्कृत भएपछि आयोजित एक पत्रकार सम्मेलनमा गेजले भने – यस क्षेत्रमा अरु युवा महिलाहरुलाई आउनमा यसले प्रेरणा दिनेछ भन्ने मैले आशा गरेकी छु ।

ब्ल्याकहोल ब्रह्मान्डको त्यसतो विन्दु हो जहा पदार्थहरु अत्यन्तै उच्च घनत्वमा रहेको हुन्छ जसका कारण बन्ने गुरुत्वाकर्षणले त्यस ठाउँमा आउने प्रकासलाई पनि परावर्तन हुन दिँदैन ।

अक्सफोर्ड युनिभर्सिटीका पेनरोजले प्रकास पनि उम्किन नसक्ने एक प्रकारको वलय ब्ल्याकहोल बन्न सक्ने सन् १९६५ को अवधारणालाई प्रमाणित गर्न गणितिय मोडलको प्रयोग गरेका थिए । उनको गणितय ब्याख्याले उच्च द्रब्यमानको तारा आफ्नै गुरुत्वमा विलिन भएर बन्ने असिम घनत्वको बस्तु ब्ल्याकहोल आइन्स्टाइनको जनरल थ्योरी अफ रिलेटिभिटी अर्थात सापेक्षताबादको सिद्धान्तको प्रत्यक्ष नतिजा भएको प्रमाणित गरेको थियो ।

गेन्जेल र गेजले आकाशगंगा मिल्की वेको केन्द्र स्थित सेगिटेरियस ए एस्टेरिक क्षेत्रमा केन्द्रित रहेर सन् १९९० दशकको पुर्वाद्ध देखिनै अनुसन्धानको नेतृत्व गरिरहेका हो । विश्वकै सबैभन्दा ठुलो टेलिस्कोपको प्रयोग गरी उनीहरुले अत्यन्तै धेरै भार भएको, करिब हाम्रो सुर्यको पिन्ड भन्दा ४० लाख गुणा बढी द्रब्यमान, अदृष्य बस्तु पत्ता लगाएका थिए । त्यसैले वरपरका ताराहरुलाई आफुतर्फ खिच्दै गरेकोले हाम्रो ग्यालेक्सीको विशेषता भुमरी स्वरुपको रहन गएको हो ।

ती जोडीले मिल्की वेको केन्द्रमा रहेको अन्तरनक्षेत्रिय ग्यास तथा धुलोका भिमकाय बाडल भित्र हेर्ने विशेष विधिको विकास गरेका थिए ।


सम्बन्धित खबरहरु