सरकार किन दुख्दैन तिम्राे मुटु?

ऋषभदेव घिमिरे २० आश्विन २०७७, मंगलवार १२:२२ मा प्रकाशित ( साल अघि) ५७४ पाठक संख्या

खबरदार!
घरद्वारबाट
मसाल लिएर निस्कनु पर्ने भएकाे छ
एउटै स्वरले गुञ्जाउनु पर्ने भएकाे छ
बैराे सरकार बिरुद्ध
कान धर्काउने आवाज
हातमा उठादै
सदाचारीकाे तस्बिर अङ्कित प्लेकार्ड
ऐक्यबद्धतामा निकाल्नु परेकाे छ
शान्तिपूर्ण दबाबकाे जुलुस
ताेडनु पर्ने भएकाे छ
निषेधाज्ञाका सिमारेखाहरू
घेर्न तम्तयार हुनु पर्ने बेला अमएकाे छ
सिंहदरबारको बाटाे
बचाँउन आमा र काखकाे बालक
सर्वसुलभ बनाउन शिक्षा र स्वास्थ्य
बाेकेर हातमा निसानाकाे खड्ग
जाेगाउनु परेकाे छ गाेविन्दकाे शरीर
र,साकार बनाउन एकजुट हुनु पर्ने भएकाे छ
सत्याग्रहका सपनाहरू

 

सरकार तिमी किन हुन सक्दैनौं
जनताको अभिभावक
किन दिन सक्दैनाै
बिरामीलाई जीवन जल
किन फुत्काल्न सक्दैनाै
माफियाका छद्मभेषी चङ्गुलहरू
सायद सत्ताकाे मुटु नभएर हाेला
साशकीय सम्वेदना नहुने भएर हाेला
कानुनकाे मात्र हाेइन
सायद शासकको पनि आँखा
अन्धाे हुने भएर हाेला
माैन व्रतिमा छन सत्ताहरु
माैन तर ससक्त एउटा चिकित्सककाे
आवाजले न्याय नपाएर
राेई रहेका छन स्लाइनका बाेतलहरू
निरास छ सिरिन्ज
उच्च तापमा पनि
चिसिएकाे छ थर्मामिटर
माैन अस्पतालका सैय्याबाट
निस्किएको आर्तनादले
किन दुख्दैन सरकार तिम्राे मुटु।

कवि ऋषभदेव घिमिरे साहित्यिक क्षेत्रमा कलम चलाउनुहुन्छ । 


सम्बन्धित खबरहरु