प्रथम राष्ट्रपति डा.यादवद्वारा अनशनरत डा.केसीसँग भेट

ओकेखबर संवाददाता १६ आश्विन २०७७, शुक्रबार १२:५३ मा प्रकाशित ( साल अघि) ४४५ पाठक संख्या

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीलाई भेटेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर डा. केसीको स्वास्थ्य अवस्थामा चासो लिएका यादवले उनका माग सम्बोधनका लागि आग्रह गरेका छन् ।

प्रथम राष्ट्रपति यादवले डा. केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

अनशनरत डा।केसीलाई भने, ‘तपाईले जनआवाज उठाउनु भएको छ । जनताको माग तपाईंले उठाउनु भएको छ । वार्ताबाट समाधान गर्नुपर्छ ।’

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला डा. केसी अनशन बस्नु उपयुक्त नभएको भन्दै अनशन तोड्न आग्रह गरेको भोलिपल्टै प्रथम राष्ट्रपति यादवले केसीसँग भेट गरेका हुन् ।


सम्बन्धित खबरहरु