मंगल ग्रहमा पानीको विशाल स्रोत फेला

ओकेखबर संवाददाता १५ आश्विन २०७७, बिहीबार ०६:३५ मा प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले दुई बर्षअघि मंगल ग्रहमा पानीको स्रोत पत्ता लगाएका थिए । वैज्ञानिकहरुले मंगल ग्रहको धरातल मुनि तीन वटा पानीका पोखरी रहेको तथ्य फेला पारेका थिए । यदी त्यो पानी पिउन याग्य भए मानव बसाई सम्भव हुने मान्न सकिन्छ ।

युरोपियन स्पेस एजेन्सी (इएसए) को स्पेसक्राफ्ट मार्स एक्स्प्रेसले सन २०१८ मा मंगल ग्रहको दक्षिणी ध्रुवमा बरफ मुनि दबिएको अवस्थामा नुनिलो पानीको विशाल पोखरी फेला पारेको थियो ।

यसअघि मंगल ग्रहमा पानी भए नभएको तथ्य पत्ता लगाउन सन २०१२ देखि १५ सम्ममा मार्स एक्स्प्रेस नामक भू–उपग्रहले २९ पटकसम्म त्यस क्षेत्रको निरीक्षण गरेको थियो । त्यस क्षेत्रमा पानीका तीन वटा पोखरी रहेको तथ्य फेला परेको थियो ।

सन २०१२ देखि १९ सम्म मार्स एक्स्प्रेस भू–उपग्रहले त्यस क्षेत्रमा १३४ पटक परिक्रमा गरी गहन निरीक्षण गरेको थियो । यस सम्बन्धि रिपोर्ट विज्ञान पत्रिका नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । सन २०१८ मा फेला परेको पोखरीको चौडाइ २० किलोमिटर रहेको छ ।

यो मंगल ग्रहमा पाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो पानीको स्रोत हो । यस बारेमा रोम युनिभर्सिटीकी एस्ट्रोसाइन्टिस्ट एलेना पेटिनेलीले भनिन, “हामीले दुई बर्ष अघि फेला परेको पोखरी वरिपरि अन्य तीन वटा पोखरी पनि भेटेका हौं । मंगल ग्रहमा पानीको स्रोत फेला पर्नु अत्यन्तै दुर्लभ घटना हो ।

सुरुको अनुशन्धानमा मंगल ग्रहको सतहमा पानी तरल स्वरुपमा रहेको केही चिन्हहरु फेला परेका थिए ।” यो सफलताले सुरुको अवस्थामा भनिए जस्तो मंगल ग्रह सुख्खा र मरुभुमी जस्तो ग्रह नभएको पुष्टि भएको छ ।

वैज्ञानिकहरुका अनुसार सुरुमा पुरै ग्रहभरि पानीको भरपुर मात्रा बहन्थ्यो । तीन अर्ब बर्ष पहिले जलवायुमा आएको परिवर्तनका कारण मंगल ग्रहको पुरै रुप बदलिएको विज्ञान पत्रिका नेचरमा प्रकाशित छ ।


सम्बन्धित खबरहरु