विवादपछि पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द

ओकेखबर संवाददाता १३ आश्विन २०७७, मंगलवार ०८:२० मा प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ ।

विवाद उत्पन्न भएपछि दुवै पुरस्कार रद्द गरिएको पुरस्कार प्रदान गर्ने संस्था खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा पुरस्कार रद्द गर्ने निर्णयबाट अत्यन्त दुःखी भएको भन्दै कसैको भावना र संवेदनामा ठेस पुर्‍याउने उद्देश्य आफूहरुको नभएको उल्लेख गरिएको छ ।

प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि दिँदै आएको पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि नियमित रूपमा प्रदान गर्दैं आएको पद्मश्री साधना सम्मान यस वर्ष क्रमशः सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने घोषणा गरेको थियो ।


सम्बन्धित खबरहरु