सत्याग्रही डा केसीको जीवन रक्षा गर्न नागरिकहरुको सरकारसँग अपील

ओकेखबर संवाददाता ११ आश्विन २०७७, आईतवार २०:३७ मा प्रकाशित ( साल अघि) ५९९ पाठक संख्या

काठमाडौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता प्रा.डा. गोविन्द केसी विगत १४ दिनदेखि सत्याग्रहमा हुनुहुन्छ । भदौं २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो छ ।

परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ हामी सरकारको ध्यानाकर्षण गराउँदछौं ।

पूर्व प्रधान न्यायाधिस कल्याण श्रेष्ठ, शुशिला कार्की, पूर्व सभामुख तथा मानवअधिकारकर्मी दमननाथ ढुंगाना, मानव अधिकारकर्मी कपिल श्रेष्ठ, पूर्व उपकुलपति त्रिवन विश्व विद्यालयका प्रा.डा.केदारभक्त माथेमा लगायत ३ दर्जन भन्दा बढी विभिन्न संघसंस्थाको नेतृत्व गर्दै आउँनुभएका बौद्धिक व्यक्तित्वहरुले सामूहिक रुपमा आईतबार जारी गरेको विज्ञप्तीमा ध्यानाकर्षण गराईएको हो । उक्त ध्यानाकर्ष अपीलकर्ताहरुका तर्फबाट, प्रजातान्त्रिक विचार समाज एवं नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष,डा. केदारनरसिंह केसीले हस्पताक्षर गर्नुभएको छ ।

 

नेपालको चिकित्सा शिक्षा क्षेत्रमा आम जनताको पहुँच हुनु पर्दछ । सर्वसुलभ स्वास्थ्य व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो भन्दै उहाँ यसअघि १८ पटक अनशन बसिसक्नु भएको छ । सरकारले पनि उहाँको अनशन तोडाउने क्रममा अनेकन पटक सम्झौंताहरु गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको अवधिमा मात्र उहाँ ५ पटक आमरण अनसन बस्न बाध्य भैसक्नुभयो ।

विभिन्न सरकारका समयमा पटक पटक गरिएका ति सम्झौंताको पूर्ण कार्यान्वयन नगरिँदा फेरि अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको डा. केसीले बताउँदै आउनु भएको छ । सादगी, सरल जीवन ब्यतित गर्ने डा. केसी मौका पाउना साथ, विभिन्न प्रकोप र महामारीहरुमा जनताको घरदैलोमै पुगेर सेवा गर्नुहुन्छ । उहाँको यो शैलीबाट स्वास्थ्य सेवाबाट बञ्चित बनाइएका आम जनताले लाभ प्राप्त गरिहेको तथ्य हामी सबैमा ज्ञात नै छ ।

 

तर पटक पटक आमरण अनशन बसिरहनु भएका डा. केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्कातिर हालको कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ ।
यसैले, डा. केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरु सम्बोधन गर्नका लागि सरकारसँग हामी हार्दिक अपील गर्दर्छौं ।

१४ दिनअघि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरा मष्ट मन्दिरबाट अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था त्यहीं कमजोर बनेर असोज ६ गते काठमाडौं ल्याइएको तथ्य जान्दाजान्दै, अर्को एक साता बित्दासम्म पनि सरकारले चासो नदिएकामा हामी चिन्तित बनेका छौं ।

 

संविधानले नै निर्दिष्ट गरेका स्वास्थ्य, शिक्षा जस्तो नागरिकका आधारभूत मानव अधिकारको विषय लागु गर्न एक जना वरिष्ठ चिकित्सक बारम्बार आमरण अनशनमा बस्नुपर्ने अवस्था हुनु दुःखद हो । त्यसैले संविधानले व्यवस्था गरेको मौलिक हकप्रति संवेदनशील हुन, डा. केसीसँग सरकारहरुले विगतमा पटक–पटक गरेका सम्झौंता कार्यान्वयन गर्न र उहाँको जीवन रक्षाका लागि हामी तपसिलका नागरिकहरु सरकारको ध्यानाकर्षण गराउँदछौं ।

कोरोना संक्रमणको रोकथाम, संक्रमितको सरल परीक्षणका विषय हुन् वा मुलुकमा बढेको भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं तिनमाथि कार्वाहीका लागि डा. केसीले राखेको मागप्रति पनि संवेदनशील बन्न हामी सरकारसमक्ष आग्रह गर्दछौं ।

अपीलकर्ताहरुः
श्री कल्याण श्रेष्ठ, पूर्व प्रधान न्यायाधीश
श्री सुशीला कार्की, पूर्व प्रधान न्यायाधीश
श्री दमननाथ ढुगांना, पूर्व सभामुख एवं मानवअधिकारवादी
प्रा.डा. केदारभक्त माथेमा, पूर्व उपकुलपति त्रि.वि.
प्रा.डा. कपिल श्रेष्ठ, पूर्व सदस्य, मानवअधिकार आयोग एवं मानवअधिकारवादी
डा. केदारनरसिंह केसी, अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
श्री चरण प्रसार्इं, मानव अधिकारवादी
श्री हरिहर दाहाल, पूर्व अध्यक्ष नेपाल बार एसोसिएसन
श्री शम्भु थापा, पूर्व अध्यक्ष नेपाल बार एसोसिएसन
श्री प्रेमबहादुर खड्का, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
श्री शेरबहादुर केसी, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
डा. विपीन अधिकारी, संविधानविद
डा. दिनेश त्रिपाठी, बरिष्ठ अधिवक्ता एवं मानवअधिकारकर्मी
डा. भीमार्जुन आचार्य, संविधानविद्
श्री हरिहर विरही, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
श्री तारानाथ दाहाल, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
श्री धर्मेन्द्र झा, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
डा. सुधा शर्मा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. चोपलाल भुसाल, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. अञ्जनीकुमार झा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
ई. हरेराम श्रेष्ठ, पूर्व अध्यक्ष ईन्जिनियर एसोसिएसन
श्री मोहन ज्ञवाली, पूर्व अध्यक्ष, नेपाल शिक्षक संघ
श्री राजन कुईंकेल, पूर्व अध्यक्ष, एम्नेष्टी इन्टरनेशनल नेपाल
श्री इन्द्र अर्याल, पूर्व अध्यक्ष, मानवअधिकार संगठन
श्री महामुनिश्वर आचार्य, अध्यक्ष, मानवअधिकार संगठन
श्री ओमप्रकाश अर्याल, अधिवक्ता एवं मानवअधिकारकर्मी
श्री लिली थापा, मानवअधिकारकर्मी
श्री बद्रीप्रसाद भुषाल, अधिवक्ता
श्री सुमन अधिकारी, मानवअधिकारकर्मी
श्री राजुप्रसाद चापागाँई, अधिवक्ता एवं मानवअधिकारकर्मी
श्री, रामेश्वर नेपाल, मानवअधिकारवादी
श्री मिलनचन्द्र खनाल, केन्द्रीय सदस्य प्रजातान्त्रिक विचार समाज


सम्बन्धित खबरहरु