बा !

खिमु के सि ११ आश्विन २०७७, आईतवार १३:०१ मा प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

भाग – १

बा,
तिम्रो बारेमा लेख्न कैयन
पटक जमर्को गरे
फेरि बन्द गर्थे लेख्न
मेरो क्षमताले भ्याउदैन भनेर
किनकि कतै सुनेको थिए
लेख्नलाई त उसको
जस्तै हैसियत पुग्नुपर्छ
जस्को बारेमा लेखिदैछ
म त्यतिबेला त्यही रोकिन्थे
मेरो कलमलाई अगाडी बढ्न
मलाई मेरो मनले
पुर्ण बिराम लगाउथ्यो
सोध्थ्यो मेरो हैसियतको बारेमा।

 

मैले धेरै कागजका पानाहरु
कति लेख्दा लेख्दै,
कति आधा लेखेका
च्यातेर फालेको छु
सोचेर कि,
तिम्रो बारेमा लेख्न
म अब्बल कहिले हुन सक्दिन।।

 

एकदिन मैले मेरो मनलाई
इतिहास सुनाए बाको बारेमा,
मन पनि बहकिएछ कि सायद
पुर्ण बिराम हटाइदियो
अगाडी बढन बाटो खोलिदियो
र मैले लेखे,
आफ्नो सन्तानको लागि
३२ बर्षसम्म बन्दुक बोकेर
आफ्नो जीवनसाथी भन्दा माथी
राष्ट्र र जनतालाई मानेर
आफ्ना कैयौं रहर र चाहना दबाएर
सन्तानमा त्यो खुशी देख्न खोज्ने बा

तिम्रो बारेमा लेख्न मलाई
कुनै हैसियत चाहिदैन
कुनै क्षमता चाहिदैन
किनकी म त्यही
बहादुर सिपाहीको छोरा हुँ
मलाई सबै थाहा छ ।।।

….

भाग-२

बा,
तिमीले डोल्पाबाट पठाएको चिट्ठी
तिमी घरमा आइसके पछि
चिट्ठी पठाएको सात महिनामा
एटलस साइकल चढेर हुलाकी दाइ आउँदा
कुदेर चिट्ठी बुझ्ने मै हुन्थे
कहिले काहीँ तिमिले पठाएका
केही चक्लेट र बिस्कुट
अनि घर खर्च चलाउने केही पैसा
लिएर घर बिदामा
आएका पुलिस अन्कलले
पाँच रुपैयाँ दिदा, त्यो दिन
म त्यो गाउँकै सबै भन्दा
धनी ठान्थे आफुलाई
गोजिभरी चट्नी र सुन्तला चक्लेटले भर्थे

 

हो,
बा
तिमी घर बिदामा आएको बेला
म गाउँ भरी मेरो बा आएका छ्न्
भनेर झ्याली पिट्थे किनकी
तिमी घरमा आउदा
मलाई छुट्टै अनुभुति हुन्थ्यो
चरी साझ गुणमा फर्के झैँ
बचेरालाई भेट्न
केही खुशी बोकेर ।
हाम्रा पनि बा छन्
कसैले हेप्न पाउन्न भनेझै
हामीलाई सुरक्षा दिन
तिमी आएको झै लाग्थ्यो।।

कहिलेकाही साथीहरूसँग खेल्दा
गाउँमै भएका बाहरुका छोराछोरीले
आफ्ना बाले
बजारबाट किनेर ल्याएको
नयाँ हाफ पाइन्ट देखाउदै गर्दा
मलाई बढो नमज्जा लाग्थ्यो
बा तिमिलाई
मेरो लागि बजार जाने फुर्सद मिल्दैनथ्यो
किनकी तिमीले त बजारमा
जानेहरुको सुरक्षा गर्नु पर्थ्यो।।

बा,
तिमी घरमा आएको बेला
मेरि आमा चन्द्रमा जस्तै उज्याली हुन्थिन
थाहा नपाइने गरि बढेको मेरो आमाको खुशी
मैले बच्चाकै आँखाबाट देख्थे
मैले बच्चाकै मुटुबाट महसुस गर्थे

बा,
तिमी बिदा सकेर काममा फर्किदै गर्दा
मलाई त पाँच रुपैयाँमा फकाउथ्यौ
तर,
मेरि आमाले तिमी हिड्ने बेला
झारेका आँसुका ढिकालाई
तिमी फकाउन सक्दैनथ्यौ
उनको मुहार सिमसार जस्तो हुन्थ्यो
ओभाना हुन धेरै दिन लाग्थ्यो

बा,
मलाई थाहा छ
मेरि आमाले मेरो लागि
गरेको त्याग र समर्पण
सायद हजार जुनिसम्म पनि
कम्ती पर्छ होला तिर्न
अझ त्यो भन्दा नि बढी
तिमिले हाम्रो लागि
हिमाल,पहाड र तराईमा
व्यथित गरेका दुस्खका कहर
म कहिले तिर्न सक्दैन होला ।।।
रचनाकार  खिमु के सि साहित्य अनुरागी हुन् ।


सम्बन्धित खबरहरु