डा‍ केसीको स्वास्थ्य कमजोर बन्दै, जीवनरक्षाको माग

ओकेखबर संवाददाता ११ आश्विन २०७७, आईतवार १२:३७ मा प्रकाशित ( साल अघि) ५३४ पाठक संख्या

जनस्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनको माग राखेर १३ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य कमजोर हुँदै गएको छ । चिकित्सकका अनुसार डा. केसीमा हातखुट्टा बाउँडिने समस्या देखिन थालेको छ ।

 

डा. केसीको पक्षमा काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले पक्राउ गरेको थियो । डा केसीकाे जीवरक्षााकाे माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा गर्दा अभियान्ताहरुलाई पक्राउ गरेकाे भन्दै  युथ कांग्रेस नेपालले सरकारकाे भत्सर्ना गरेकाे छ । महामन्त्री महेश दुलाले एक विज्ञप्ती जारी गर्दै डा. केसीको माग पूरा गर्न सरकारकाे ध्यानआकर्षण गरेका छन् ।

डा. केसीले माग पूरा गर्न भन्दै शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे पनि सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । डा. केसीले २९ भदौमा जुम्लाबाट अनशन सुरु गरेका थिए । तर, स्वास्थ्यमा समस्या देखिन थालेपछि नवौँ दिन काठमाडौं आएका उनले शिक्षण अस्पतालमै अनशन जारी राखेका छन् ।

उता सोलिडारिटी फर डा. केसी एलायन्सले पनि उनको जीवनरक्षाको माग गरेको छ । संयोजक जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै माग पूरा गरेर डा केसीको जीवनरक्षा गर्न थप कडा आन्दोलनका कार्यक्रम ल्याउने बताएका छन् ।

 

 


सम्बन्धित खबरहरु