कक्षा ११ को परीक्षा तालिका सार्वजनिक

ओकेखबर संवाददाता ११ आश्विन २०७७, आईतवार ०९:२७ मा प्रकाशित ( साल अघि) २४०८ पाठक संख्या

विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण विद्यालयलाई नै परीक्षा गर्न दिएपछि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

महानगरले २५ असोजदेखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । महानगरका शिक्षा प्रमुख दुर्गाप्रसाद खतिवडाले सरकारको नीति अनुसार नै तालिका सार्वजनिक गरिएको बताए ।

प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्था र विद्यालयकै सहमतिमा परीक्षा गर्ने निर्णय भएको उनले बताए ।

मोरङ हिसानका अध्यक्ष राजेश कार्कीले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गरिने बताए । ‘बजार खुलेको छ । सहज वातवरण बनेको छ । दुरी कायम गरेर परीक्षा लिन्छौं । विद्यार्थीलाई लामो समय अल्झाएर राख्न मिल्दैन,’ उनले भने ।


सम्बन्धित खबरहरु