संबिधानकाे सम्बर्द्धना

-ऋषभदेव घिमिरे ३ आश्विन २०७७, शनिबार १७:५० मा प्रकाशित ( साल अघि) ४६२ पाठक संख्या

तिमी नाङ्ला भरीकाे जुन भएर
अाउनु पर्ने थियाे
खला भरीकाे बिस्कुन भएर
सुक्नु पर्ने थियाे

अपेक्षाकृत
तिमीले दिनु पर्ने न्यानो ताप्न
प्रतिक्षारत भएकाे पनि
थुप्रै भइसक्यो
न तिमी घाम बन्याै
न सबैकाे दर्शनीय धाम बन्याै
संबिधान
मैले क‌ैले चाख्नु तिम्रो मिठास

सुनेकाे थिएँ
तिमी छाना, नाना र खाना
बनेर अाउन प्रतिबद्ध थियाै
स्वतन्त्रता, न्याय र सार्बभौम अधिकारले
सम्पन्न बनाउछु भनेर
अाश्वस्त पारेका थियौं

प्रिय संबिधान
तिमी न गरिबीको बस्तिमा उदायाै
न निर्मलालाई न्याय दिन सक्ने बन्याै
न पूर्ण समृद्धिकाे वर्काे भयाै
बिन्ती तिमी खाेस्टाे नबन
पीढीकाे खुड्किलाे उक्लेर
मुल अाेछ्याान बस्नु पर्ने
तिमी देवता समानकाे अतिथि
खै कता अल्मलियाै
संबिधान तिमी किन अाएनाै
गास्न म सग मितेरी साइनो

प्रिय संबिधान म हातमा
माला लिएर पर्खिरहेकोछु
तिमीलाई सम्बर्द्धना गर्न
तिमी सबैले सम्मान गर्न याेग्य बन
मान्छेकाे संबिधान बन, सबैकाे पुज्य बन
संबिधानकाे पालक र प्रत्याभूत गराउनेहरू हाे
बिन्ती संबिधानलाई
पठाई देउ मेराे अागनमा
म संबिधानकाे संबद्धना गर्नेछु ।

हाल ललितपुर,गाेदावरी


सम्बन्धित खबरहरु