मेस्सी सर्वाधिक आय भएका खेलाडी, रोनाल्डो दोस्रो नम्बरमा

ओकेखबर संवाददाता ३० भाद्र २०७७, मंगलवार ०७:११ मा प्रकाशित ( साल अघि) ३२१ पाठक संख्या

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् । फोर्ब्सका अनुसार सर्वाधिक आय गर्ने खेलाडीको सूचिमा मेस्सी शीर्ष स्थानमा उक्लिएका हुन् ।

उनले पोर्चुगल तथा युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर रहेको छ भने रोनाल्डोको आय ११७ मिलियन डलर छ ।

तेस्रो नम्बरमा ब्राजिल तथा पेरिस सेन्ट–जर्मेन (पीएसजी) का नेइमार छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

यस्तै चौथो स्थानमा रहेका पीएसजीका केलियन एमबाप्पेको ४२ मिलियन, पाँचौँ स्थानका लिभरपुलका मोहम्मद सालहको ३७ मिलियन, छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन आय छ ।

आठौं स्थानमा रहेका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

सन् २०१९ को सूचिमा को शीर्ष तीन स्थानमा रोनाल्डो, मेस्सी र नेइमार थिए । यो वर्ष एमबाप्पे तीन स्थानमाथि उक्लिएर चौथो स्थानमा आएका छन् ।


सम्बन्धित खबरहरु