५ असोजबाट आन्तरिक उडान र यातायात संचालन गर्न दिने निर्णय

ओकेखबर संवाददाता २९ भाद्र २०७७, सोमबार २२:०६ मा प्रकाशित ( साल अघि) ६५५ पाठक संख्या
काठमाडौं । मन्त्रिपरिषद्‍को बैठकले ५ असोजबाट आन्तरिक उडान र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात ५ असोजबाट गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ५ असोजदेखि आन्तरिक उडान र सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको जानकारी दिए । यातायात संचालनका लागि स्थानीय र प्रदेशसँग समन्वय गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

आन्तरिक उडानमा यात्रा गर्ने यात्रुले पीसीआर टेस्टको ने‍गेटिभ रिपोर्ट अनिवार्य गर्नुपर्ने र ज्वरो आएको देखिएमा विमानस्थलबाट फर्काउने गरी अनुमति दिन निर्णय भएको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयले तय गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गराएर यात्रा गर्न दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै, विदेशमा समस्या परेका नेपाली फर्काउनका लागि उडान थप्ने निर्णय पनि सरकारले गरेको छ । उडान थपेर असोज महिनाभरमा विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरी तयारी थाल्ने निर्णय आजको बैठकले गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । त्यस्तै, युरोपका देशमा पनि समस्यामा परेका नेपालीको उद्धारका लागि पहल सुरु गरिने पनि उनले बताए ।

 


सम्बन्धित खबरहरु