८ नेपालीलाई देशनिकाला गर्ने कुवेत सरकारकाे निर्णय, यस्ताे छ कारण

ओकेखबर संवाददाता २९ भाद्र २०७७, सोमबार १६:०१ मा प्रकाशित ( साल अघि) ८०६ पाठक संख्या

काठमाडौं । अवैध घरेलु मदिराको कारोबार गरेको आरोपमा कुवेत सरकारले आठ जना नेपालीलाई देशनिकाला गर्ने निर्णय गरेको छ । कुवेतमा अवैध मदिरा उत्पादन र बिक्रीका घटनामा गत हप्ता मात्र कुवेतमा १२ जना नेपाली पक्राउ परेका थिए ।

जसमा आठ जना नेपालीलाई देशनिकाला गर्ने कुवेतको स्थानीय (तल्लो अदालत)ले निर्णय गरेको हो । कुवेत महाबुल्ला क्षेत्रबाट आठ नेपाली पक्राउ परेका थिए ।

यस्तै, जाब्रिया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने दुई महिलासहित चार जनालाई कुवेत प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले अवैध घरेलु मदिरा उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका थिए ।

कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक छ । तर, छोटो समयमा धेरै पैसा कमाउन चाहने नेपालीले अवैध घरेलु मदिराको कारोबार गर्ने गरेको पाइएको छ ।

स्थानीय प्रहरीले छापा मार्दा नेपालीले तीनवटा अपार्टमेन्टमा कोठा भाडामा लिई अवैध मदिरा उत्पादन गरेर बिक्री गर्दै आएको तथ्य फेला परेको थियो । यो विषयमा कुवेतमा रहेको नेपाली दूतावासले भने कुवेतको अध्यागमन विभागसँग जानकारी लिइरहेको जनाएको छ ।


सम्बन्धित खबरहरु