प्रिमियर लिगको नयाँ सिजन आजदेखि

ओकेखबर संवाददाता २७ भाद्र २०७७, शनिबार ११:०५ मा प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

काठमाडौं । ​ कोरोना भाइरसको महामारीका कारण स्थगित भएको इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ ।

गएको सिजनमा लिभरपुलले प्रिमियर लिग जित्न सफल भएको थियो । नयाँ सिजनको पहिलो दिन आज चार वटा खेल हुने भएका छन् । तर, म्यानचेस्टर सिटी र एस्टोन भिल्ला तथा म्यानचेस्टर युनाइटेड र बर्नलेबीचको खेल भने स्थगित भएको छ ।

 

च्याम्पियन लिग खेलेकाले पहिलो चरणको खेल स्थगित गरेर रेस्ट टाइम दिइएको हो । प्रतियोगिता अन्तर्गत फुलह्याम र आर्सनलको खेल पहिलो खेल हुने छ । यो खेल नेपाली समय अनुसार सवा ५ बजे फुलह्यामको मैदानमा खेल हुने छ । कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो ।

यसैगरी पौने आठ बजे क्रिष्टल प्यालेस र साउथ ह्याम्पटन भिड्ने छन् । राति सवा १० बजे लिभरपुल र लिड्सबीचको खेल सुरु हुने छ । लिभरपुल च्याम्पियन क्लब हो भने लिड्स यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो । राति पौने १ बजे वेस्टह्याम युनाइटेड र न्युक्यासल युनाइटेड आमने सामने हुने छन् ।


सम्बन्धित खबरहरु