उत्तर अमेरिकाकाे नायगरा फल्समा चन्द्र सुर्य फहराएपछि…

ओकेखबर संवाददाता २३ भाद्र २०७७, मंगलवार २१:२७ मा प्रकाशित ( साल अघि) ८३९ पाठक संख्या

यतिबेला विश्व कोरोना भाइरस महामारीको पिडाले थिलो थिलो भएको छ । यहि पिडामा विश्व पर्यटन क्षेत्र पनि नराम्रो सँग थलिएको छ । मान्छेहरु घर भित्रै छन् । नयाँ ठाउँमा घुम्ने, रमाइलो गर्ने धेरैका सपना कोठामै थन्क्याएरका छन । तर विश्वका धेरै मुलुकहरु नेपाल जस्तो पुर्ण बन्देज अवस्थामा भने छैनन् । विस्तारै बाहिरी संसार सँग स्पर्श गर्दै आफुलाई पुर्ववत अवस्थामा उभ्याउने प्रयास गर्दै छन् ।

यसै सन्दर्भमा क्यानडामा बसोबास गर्दै आएका माउन्टेन एभरेस्ट टेलिभिजनका संचालक तथा समाजसेवी बसन्त कार्की सोमबार लामो समय पछि घर बाट निस्केर नायगरा फल्स घुमेर फर्किए ।  उत्तर अमेरिकामा अवस्थित शक्तिसालि झरना हो नायगरा फल्स । नायगरा फल्स जहाँ विश्वका धेरै पर्यटकको रोजाइमा पर्छ । विश्वका सात आचार्य पर्यटकीय स्थल मध्ये एक पर्ने उक्त फल्सको अवलोकन बसन्तको लागि नयाँ अनुभुती र एक ऐतिहासिक क्षण बन्यो। कोरोनाको महामारी पछि अर्थात ७ महिना पछि बसन्तको यो यात्रा निकै रमाइलो भयो ।

राष्ट्र र राष्ट्रियता प्रतिको माया बसन्तले नायगरा फल्समा अझ बढि सम्झिए । हातमा चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा बाकेर नायगरा पुगेका बसन्तले केही समय नेपाली झण्डा त्यहि फहराए र सम्झिए नेपाली माटो, नेपाली मन ।

‘म केवल उक्त स्थानमा रमाइलोको लागि मात्रै पुगेको थिएन, मेरो देश नेपालको झण्डा पनि त्यहाँ फहराउनु थियो, त्यो सपना पूरा भयो उनी भन्छन् । मेरो देशमा पनि विश्व चिनाउने सगरमाथा छ , त्यहि कारणले पनि म नेपाली राष्ट्रिय झण्डा बोकेर त्यहा पुगेको हु’ उनले भने ।

उसो त कार्कि क्यानडाका नयाँ पर्यटकिय गन्तव्यमा जादा नेपाली राष्ट्रिय झण्डा साथमै राखेका हुन्छन । मेरो देश, मेरो मातृभूमि जहाँ गएपनि मेरो मुटुमै हुन्छ, त्यसैले मेरो राष्ट्रियताको प्रतीक झण्डा साथमै हुन्छ उनी भन्छन् । समाजसेवी कार्की विगत चार बर्ष देखि क्यानडामा बसोबास गर्छन् ।


सम्बन्धित खबरहरु