नेपालमा मानव बेचबिखन तथा ओसारपसारकाे अवस्था र यसविरुद्धको कानुनी प्रावधानहरु

ओकेखबर संवाददाता २१ भाद्र २०७७, आईतवार ०९:३३ मा प्रकाशित ( साल अघि) ७७८ पाठक संख्या

मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको अबस्था र मानव बेचबिखन तथा ओसारपसार विरुद्धको कानुनी प्राब्धानका सथै चुनौतिहरु कस्ता रहेका छन् भन्ने विषयको बिश्लेषण गर्ने जमर्को गरेकी छु र मलाई आशा छ मानब बेचबिखन तथा ओसारपसारको भित्रि मर्मलाई स्पष्ट दर्साउने छ भन्ने बिश्वास समेत मैले लिएकी छु ।

 

के हाे मानब बेचबिखन तथा ओसारपसार ?

मानव बेचविखन तथा ओसारपसार एक गम्भीर सामाजिक अपराध हो । यसले मानवको स्वतन्त्रताको हक,स्वास्थ्य, शिक्षा र मानव भएर बाँच्न पाउनेजस्ता आधारभूत मानवअधिकारको उल्लंघन गर्दछ । यस्तो अपराध एक वा दुई जना मानिसले मात्र गर्ने नभई संगठित सञ्जालबाट हुने गर्दछ । त्यसैले यो एक संगठित अपराध पनि हो । मानव बेचबिखन तथा ओसारपसार संसारभरि नै कुनै न कुनै रुपमा विद्ममान रहेको हुदाँ आज यो विश्वव्यापी समस्या पनि हो । हाम्रो देशको इतिहास अध्ययन गर्दा हाम्रो देशमा दासप्रथाका रुपमा मानव बेचबिखनको कार्य हुने गरेको पाइन्छ । शताब्दीऔं अघिदेखि धनी र ठूलाबडा भनिएका मानिसले निश्चित वर्ग र जातका गरिब मानिसलाई किनबेच गर्ने, आफ्नो इच्छाबमोजिम काममा लगाउने गर्दथे । कमाराकमारीका रुपमा पुस्तौंसम्म मानिसहरुले दास बनेर बस्नुपर्ने प्रचलन थियो । त्यस्तै यौनसन्तुष्टिका लागि गाउँका धनीमनी मानिसहरुको रखेलका रुपमा महिलाहरुलाई राख्ने, शहरिया दरबारियाहरुको सन्तुष्टिका लागि महिलाहरुको यौनशोषण हुने गरेको कुरा इतिहासमा पाइएको छ । यो कार्य पनि मानव बेचबिखनकै एउटा रुप हो । हाम्रो खुला सिमानाबाट वषौंअघिदेखि नै नेपाली महिला र बालबालिका भारततर्फ बेचिइरहेका छन् । समयको विकाससँगसँगै भारतका ठूलाठूला शहर,खाडी मुलुकहरु,मलेसिया, हङकङ, दक्षिण कोरिया, फोकल्यान्डसम्म बेचिन थालेका छन् ।

मानब बेचबिखन तथा ओसारपसारको परिभाषा ः कुनै पनि मानिसलाई किन्ने वा बेच्ने उद्देश्यले लैजानु वा बेश्याबृत्तिमा लगाउने वा शोषण गर्ने उदेश्यले कुनै प्रकारले ललाई फकाई,प्रलोभनमा पारि ,झुक्याई,जालसाज गरि ,प्रपञ्च मिलाई ,जबरजस्ती गरि करकापमा पारि ,अपहरण गरि ,शरिर बन्धक राखी,नाजुक स्थितिको फाईदा लिई ,बेहोश पारि,पद वा शक्तीको दुरुपयोग गरि ,अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारि डर,त्रास,धाक धम्की दिई वा करकापमा पारि कसैलाई बसिरहेको घर,स्थान वा ब्यक्तिबाट छुटाई लग्ने वा आफुसँग राख्ने वा आफ्नो नियण्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपाल भित्रको एक ठाँउबाट अर्को ठाँउमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्य नै मानब बेचबिखन तथा ओसारपसार हो ।

राष्ट्रसंघको बेचबिखनको आलेख अनुसार मानब बेचविखन परिभाषा ः मानव बेचबिखन तथा ओसारपसारले शोषणका लागि त्रास पैदा गरी वा बल प्रयोग गरी, अपहरणमा पारी, ठगी गरी, झुक्यानमा पारी, अख्तियारको दुरूपयोग गरी वा जोखिमी अवस्थाको लाभ लिई वा कुनै प्रकारको भुक्तानी प्राप्त गरी वा दिएर वा अर्को व्यक्तिको सहमतिमाथि नियन्त्रण प्राप्त गर्ने व्यक्तिको सहमति प्राप्त गर्न कुनै लाभ प्रदान गरेर व्यक्तिको भर्ती, ओसारपसार, स्थानान्तरण, जहाजमा चढाउने वा प्राप्त गर्ने कार्यलाई बुझाउँछ ।

 

किन हुन्छ मानव बेचबिखन तथा ओसारपसार ?

मानव बेचबिखनको प्रमुख उद्देश्य भनेको यौनशोषणका लागि मात्रै भनेर पनि बुझ्ने गरिएको छ । कतिपय अवस्थामा कानुनहरुले पनि यसै समस्यालाई मात्र सम्बोधन गरेको पाइन्छ । तर आज समयको परिवर्तनसंगसंगै यस सम्बन्धी अवधारणामा पनि परिवर्तन आएको छ र आउन जरुरी छ । यौनशोषणका साथै अन्य किसिमले शोषण गर्ने उद्देश्यबाट मानव बेचबिखन र ओसारपसार हुने गरेको छ । महिला मात्र होइन, पुरुष पनि बेचबिखनमा पर्न सक्छन् । यति हुँदाहुँदै पनि बेचबिखनको सबैभन्दा प्रमुख उद्देश्य भनेको यौनशोषण गर्ने नै हो र बेचिने वर्ग भनेको महिला र बालिकाहरु नै हुन् । आज नेपालमा पनि महिला र बालिकाहरु वार्षिक रुपमा सयांैको संख्यामा बेचिने गरेको तथ्यांक बाहिर आइरहेको छ । यसबाहेकका उद्देश्यबाट बेचिने समस्या ठाउँअनुसार फरकफरक रहेको पाइन्छ । मानव बेचबिखन तथा ओसारपसार निम्न उद्देश्यहरु पूरा गर्न गरेका देखिन्छन् ।

क) यौनशोषण गर्ने :

यौनशोषणका लागि मानव बेचबिखन गर्ने कार्य बेचबिखनको सबै भन्दा पुरानो रुप हो । पहिलेपहिले वेश्यावृत्तिमा लगाउनका लागि महिलाहरुको बेचबिखन हुने गथ्र्यो । महिला तथा बालिकालाई जबर्जस्ती यस्तो काममा लगाउने र त्यसबाट यौनव्यापार गर्ने प्रयोजनका लागि किनबेच हुने गरेको पाइन्छ तर संसारमा भएको औद्मोगिकीकरण, सञ्चार र प्रविधिको विकाससंगसंगै यौनपर्यटक, बालयौनदुराचार, अश्लील प्रदर्शनीजस्ता यौनशोषणका अन्य रुप देखिन थालेका छन् । सामाजिक संजालको माध्यमबाट बढी बालक र बालिकाहरु जोखिममा परेका छन् । मानव बेचबिखन तथा ओसारपसार खास गरी विकासोन्मुख मुलुकहरुबाट विकासशील तथा विकसित मुलुकहरुमा हुने गरेको कुरा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन तथा अनुशन्धानले देखाएका छन् । नेपाल र भारतको खुल्लासिमानाका कारण नेपालबाट खास गरेर भारतमा महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । त्यसपछि खाडी मुलुकहरुसाथै थाइल्यान्ड, फोकल्यान्ड आदि ठाउँसम्ममा पनि बेचबिखन हुने गरेको अध्ययन तथा अनुशन्धानले देखाएको छ ।

ख) मनोरञ्जनका लागि :

मानवको प्रयोग गरेर मनोरञ्जन लिने उद्देश्यले पनि मानव बेचबिखन तथा ओसारपसार हुने गरेको छ । सानो उमेरका बालबालिकाहरुलाई अभिभावकको स्वीकृतिमा वा बिना स्वीकृतिमा सर्कस कम्पनीहरुले किन्ने र जोखिमपूर्ण काम गर्न लगाउने साथै उट दौडमा प्रयोग गरी मानिसलाई मनोरञ्जन गराएर व्यापार गर्ने गर्दछन् ।

ग) घरेलु श्रमिक बनाउन :

घरायसी काम गर्ने श्रमिक बनाएर राख्ने उद्देश्यले पनि मानिस बेचबिखन तथा ओसारपसार गरिन्छ । आफ्नो इच्छाअनुसारको काममा लगाउनका लागि मानिसलाई पैसामा किनबेच हुने गरेको पनि देखिएको छ । अभिभावकको गरिवीको फाइदा उठाएर केहि पैसा दिएर बालबालिका लिने र मालिकलाई बेचिदिने र बालबालिकालाई बँधुवाका रुपमा रहेर काम गर्नुपर्ने ।

घ) जबरजस्ती विवाह गर्न :

नेपालीहरुलाई दलालहरुले कोरीयन केटासंग कुरा गराउने अनि केटा आएर विशेष गरी अदालती बिहे गर्ने र उता लगीसकेपछि त्यो केटाले अर्को जो असक्त,आपाङ्ख, मान्सिक रोगी र वृद्धा व्यक्तिहरुलाई बेचिदिने । त्यस्तै अर्को श्रीमती भएका मानिसहरुले आफ्नो नाजायज श्रीमतीजस्तो बनाएर राख्ने उद्देश्यले पनि बेचिएको देखिन्छ ।

ङ) मानवअंगको लागि बेचबिखन :

बालबालिका तथा वयस्क मानिसहरुलाई ललाई फकाई गरी एउटा काम भनी लैजाने र झुक्याएर मानव अंग झिकी बेचिदिने । हाम्रा गाउँहरुसाथै तराईतिरका शहरबजारहरुबाट धेरै बालबालिका हराउने गरेका छन् । यी बालबालिका यही मानवअंग झिक्नका लागि प्रयोग गरिन्छ्न भन्ने अनुमान समेत गरिएको छ ।

च) बैदेशिक रोजगारको लागि बेचबिखन :

हाल नेपालमा महिला र युवाहरुको लागि त्यति धेरै सिप र रोजगारीको अबसर नभएका कारण बिदेश जान बाध्य भएका छन् । दलालहरुले ललाई फकाइ एउटा काम भनेर पठाउने त्यहाँ पुगेपछि न भनेको काम नै हुन्छ न त तलब नै हुन्छ । उल्टै उनीहरु पटक पटक बेच्चीन बाध्य भएका हुन्छन् भने १७–१८ घण्टा भोक भोकै काम गर्न बाध्य हुन्छन् ।

छ) धर्मपुत्र वा धर्मपुत्रि राख्नका लागि :

धर्मपुत्र वा धर्मपुत्रि राख्ने उद्देश्यले गरिने बालबालिकाको बेचबिखन तथा ओसारपसार अर्को स्वरुपको मानव बेचबिखन तथा ओसारपसारको अपराध हो । यसमा खास गरेर आफ्नो सन्तान नहुने मानिसले धर्मपुत्र र धर्मपुत्रि राख्नका लागि गरिबका छोरा छोरीहरु, टुहुरा तथा त्यागिएका बालबालिकाहरुलाई लिने गर्दछन् । लिने र दिने काममा पैसाको कारोबार वा कुनै व्यक्तिको आफ्नो स्वार्थपुरा गर्न भएको छ भने त्यो बेचबिखनको अपराध हुन पुग्दछ । उक्त व्यक्तिहरुले सम्बन्धीत अभिभावक वा संघसंस्थालाई पैसा तिरेर लाने र यस्ता बच्चाहरुको उचित पालनपोषण र संरक्षण नगर्ने, श्रमशोषण गर्ने गरेको पनि पाइन्छ । नेपालबाट विश्वका अन्य मुलुकहरुमा पनि धर्मपुत्र तथा धर्मपुत्रि दिने काममा बालबालिकाहरु बेचिएका छन् । सम्बन्धीत अभिभावकको स्वीकृतिबिना, झुक्याएर वा संघसंस्थामा आश्रित बालबालिकाहरुलाई उनीहरुको अभिभावकलाई जानकारी नदिई वा पैसा दिएर किनेर विदेशीहरुबाट ठूलो रकम लिई बेच्ने गरेको पाइन्छ ।

मानव बेचबिखन तथा ओसारपसारका मुख्य कारणहरु
मानव बेचबिखन तथा ओसारपसारको समस्याबाट पहिला बढी महिला र बालिका प्रभावित भएका थिए भने अहिले सिंगो मानब नै प्रभावित भएको छ । महिला तथा बालिकाहरु बेचबिखनमा बढी पर्नुमा खास कारणहरु रहेका छन् ।

सामाजिक कारण : लैगिक विभेद पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिला तथा बालिकामाथि विभेद हुने गरेको छ । पानलपोषण, शिक्षा, स्वास्थ्य आदी जस्ता सेवासुविधामा, घरपरिवार भित्रै छोरा र छोरीका बीचमा भेदभाव हुने गर्दछ । छोरीलाई सक्षम व्यक्ति बनाउनेभन्दा पनि अर्काको भित्ता टाल्ने जातको रुपमा हेरीनु, अर्काको नासो सम्झने र जति चाँडो विवाह गरेर अरुलाई दिन पाए आफ्नो जिम्मेवारी सकिन्छ भन्ने सोचाई राखिन्छ । यो विभेदका कारण महिलाहरुको सामाजिक स्तर माथि उठ्नै सकेको छैन । चेतनास्तर माथि उठ्न नसकेको कारण महिला तथा बालिकाहरु सजिलै दलालहरुको फन्दामा पर्दछन् । त्यसैले समाजमा रहेको विद्ममान विभेद नै बेचबिखनको प्रमुख कारणका रुपमा रहेको छ ।

अशिक्षा र चेतनाको कमी : शिक्षाबाट धेरै बालबालिका वञ्चित रहनुपरेकाले उनीहरुमा चेतनाको कमी रहन्छ । शिक्षा पाएपनि व्यवहारीक शिक्षा नभई घोकन्ते विद्मा मात्र पाएका हुन्छन् । केही सचेतनामूलक कार्यक्रमहरु प्नि नभएका होइनन् तर उक्त कार्यक्रम साक्षर वा शिक्षित वर्गलाई लक्षित छन् । यो वर्गका विशेष गरेर महिला तथा बालिकाहरुमा के गर्दा आपूmलाई राम्रो हुन्छ र के गर्दा राम्रो हुन्छ र के गर्दा राम्रो हुदैन भन्ने कुराको विवेक पु¥याउन सक्ने क्षमता पनि हुदैन । यस्ता व्यक्तिहरु दलालहरुको पन्जामा पर्न सक्ने जोखिम बढी रहन्छ ।

घरेलु हिंसा : महिला तथा बालबालिकाविरुद्धमा हुने हिंसाले पनि बेचबिखन तथा ओसारपसारको समस्यालाई निम्त्याउँदछ । लोग्ने, सासु–ससुरा अमाजु,नन्दबाट बारम्बार कुटपिट, गालीगलौज वा अपमानित भएर घरमा बस्न नसकी घर छोड्ने महिला, बाबुआमा वा सौतेनी आमाबाट कुटपिट वा घर निकाला गरिदिएर बेसहारा बनेका बालबालिकाहरु बेचबिखन तथा ओसारपसारको चपेटामा पर्दछन् ।

परम्परागत धार्मिक रीतिरिवाज : समाजमा परम्परादेखि चलिआएको बालिका वा किशोरीहरुलाई देवताका नाममा चढाइने प्रचलन पनि बेचबिखनको समस्या निम्त्याउने अर्को एउटा कारण हो । नेपालमा देउकी, झुमा का रुपमा देवताका नाममा बालिका चढाउने प्रचलन जीवित नै छ । देउकी, झुमा बनेका महिलाहरु यौनव्यवसायकै लागि हुन् भन्ने सामाजिक सोचाइ छ । यो गलत परम्पराले पनि बेचबिखनलाई प्रोत्सान दिएको छ ।

आर्थिक कारण : आर्थिक अवस्था र मानव बेचबिखन तथा ओसारपसारका बिचमा गहिरो सम्बन्ध रहेको छ । गरिबी बेरोजगारीको समस्याले यो अपराध हुनमा ठूलो मद्दत गर्दछ । जहाँ गरिब र बेरोजगार व्यक्ति राम्रो जागिर पाउने, मीठो खाने, राम्रो लगाउने प्रलोभनमा फकिन सक्छन् । मानिसले आफ्नो आधारभूत आवश्यकता पूरा गर्नका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार हुन्छन् । आफ्नै गाउँघरमा रोजगारीको अभाव भएपछि मानिस शहरबजातर्फ आउन बाध्य हुन्छन् । यिनै शहरबजारबाट बेचिने खतरा धेरै हुन्छ र बेचबिखनमा परेका प्रभावितहरु आर्थिक अभावले राम्रो जीवन बिताउने लोभमा शहर पस्ने क्रममा पून बेचबिखनमा परेको पाइन्छ ।

बसाईँ सराइ : मानव बेचबिखन तथा ओसारपसारको एउटा प्रमुख कारण बसाइँ सराइ पनि हो । गरिबी, बेरोजगारी, अवसरको अभाव, सेवा सुविधाको अभाव, आन्तरिक द्वन्द्व, प्राकुतिक विपत्ति आदी जस्ता कारणले आफ्नो स्थायी वासस्थान छोडेर जीवनको समृद्धिको खोजीमा बसाइँ सर्दछन् । नयाँ समाजमा उनीहरुको संरक्षण र सहयोग गर्ने कोहि नहुँदा एकातर्फ उनीहरु असुरक्षित रहन्छन् भने अर्कोतर्फ प्राकृतिक विपत्तिमा परेकाहरुको जीविकोपार्जनको साधन सम्पूर्ण समाप्त भएको हुन्छ । त्यसैले यस्तो जोखिममा परेका मानिस झुटो आश्वासन र लोभमा सजिलै फस्छन् र अन्त्यमा बेचबिखन तथा ओसारपसारको समस्यामा पर्दछन् ।

राजनीतिक स्थिति : देशको राजनीतिक स्थितिले अन्य कुराहरुमा प्रभाव पारेजस्तै बेचबिखन तथा ओसारपसारको कार्यलाई बढाउनमा पनि सहयोग गर्दछ । शान्तिसुरक्षाको स्थिति बिग्रन्छ । राजनीतिक पार्टीहरु सरकार निमार्ण र विघटनमै व्यस्त रहन्छन् । सरकारमा बस्नेहरु जनताको काम गर्न भन्दा कसरी पद जोगाउने भन्ने कुरामा तल्लीन रहन्छन् ।

 

मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ ले मानव बेचबिखन तथा ओसारपसारलाई २ भागमा विभाजन गरेर परिभाषा गरेको छ ।
मानव बेचबिखन कसुर गरेको मानिने :

  1.  कुनै पनि उद्देश्यले मानिस किन्ने वा बेच्ने
  2. कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यवृत्तिमा लगाउने
  3.  प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने
  4.  वेश्यागमन गर्ने( ग्राहकका रुपमा जाने)

मानव ओसारपसार गरेको मानिने :

  •  किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने
  •  वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई–फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी,अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई,बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी,डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर,स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmसँग राख्ने आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने ।

मानव बेचबिखन तथा ओसारपसारलाई २ भागमा विभाजन गरेर परिभाषा गरेजस्तै बेचबिखन र ओसारपसारलाई पनि दुई भागमा विभाजन गरेर सजायको व्यवस्था गरिएको छ ।
मानव बेचबिखन गर्नेलाई सजाय :

  •  मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपियाँ जरिवाना
  •  कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपियादेखि १ लाख रुपियाँसम्म जरिवाना
  •  प्रचलित कानुन बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र २ लाख रुपियाँदेखि ५ लाख रुपियाँसम्म जरिवाना,
  •  वेश्यागमन गर्नेलाई १ महिनादेखि ३ महिनासम्म कैदर २ हजार रुपियाँदेखि ५ हजार रुपियाँसम्म जरिवाना

मानव ओसारपसारको कसुरमा सजाय गर्दा कुन उद्देश्यबाट ओसारपसार भएको, त्यसका आधारमा दण्डसजाय निर्धारण गरिएको छ । त्यस्तै गरी बेचबिखनमा परेको व्यक्ति बालबालिका हो वा वयष्क हो भन्ने आधारमा पनि अपराधीलाई गर्ने सजायको मात्रामा फरक पर्दछ । यदि बेचबिखनमा परेको व्यक्ति १८ वर्ष उमेरको रहेछ भने अपराधीलाई बढी सजाय हुन्छ ।

किन्ने,बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसको ओसारपसार गरेकोमा सजाय :

  •  विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि १ लाख रुपियाँसम्म जरिवाना,
  •  नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० वर्ष कैद र ५० हजार रुपियाँदेखि १ लाखसम्म जरिवाना र बालाबलकिा लगेको भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १ लाख रुपियाँ जरिवाना ।

शोषण गर्ने उद्देश्यले ओसारपसार गरेकोमा सजाय :

किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउनेबाहेकका उद्देश्यबाट, जस्तै–बाँधा बनाउने, कमारो, दास बनाउने वा अंग झिक्ने उद्देश्यले कुनै पनि तरिकाबाट नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १ वर्षदेखि २ वर्षसम्म कैद र विदेश लगेको भएमा २ वर्षदेखि ५ वर्षसम्म कैदको सजाय हुन्छ ।

अन्य उद्देश्यले मानिसको ओसारपसार गरेकोमा सजाय :

वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई–फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाजी गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास,धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने कार्य गरेमा गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैदको सजाय हुन्छ ।

मानव बेचबिखन तथा ओसारपसार गर्न दुरुत्साहन, षड्यन्त्र वा उद्मोग वा मतियार हुनेलाई सजाय :
कसैले मानव बेचबिखन गर्ने वा ओसारपसार गर्ने प्रयत्न गरेको अर्थात यसका लागि केही तयारी गरेको तर काम सम्पन्न नभएको अवस्थालाई उद्मोग गरेको मानिन्छ । यस्तो उद्मोग गर्ने मानिस, मानव बेचबिखन तथा ओसारपसार गर्न कसैलाई प्रोत्साहन वा प्रेरणा दिने मानिस, यस्तो काम गर्न षड्यन्त्र गर्ने मानिस वा यस्तो काम गर्नमा मतसल्लाहमा सामेल हुने मतियारसमेतका मानिसलाई पनि दण्डसजाय हुन्छ । यस प्रकारको कार्यमा संलग्न मानिसलाई पूरै कसुर गर्ने मानिसलाई हुने सजायको आधा सजाय हुन्छ ।

खापेर सजाय हुने : कोही मानिसले यस ऐनबमोजिम सजाय हुने १ भन्दा बढी कसुर गरेको अवस्थामा दुवै कसुरमा सजाय हुने व्यवस्था छ । खापेर निम्नअनुसार सजाय हुन्छ ।

  • किन्ने वा बेच्ने व्यक्ति र कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने व्यक्ति एउटै भएमा उसलाई किने वा बेचेबापत र कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाएबापत छुट्टाछुट्टै सजाय हुन्छ ।
  • किन्ने वा बेच्ने वा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा शोषण गर्न उद्देश्यले कुनै प्रकारले कसै कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफुसंग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिेनेबमोजिम कसुर गर्ने व्यक्ति एउटै भएमा उसलाई किन्ने वा बेचेबापत र त्यस्तो कसुर गरेबापत छुट्टाछुट्टै सजाय हुन्छ ।
  • कुनै सार्वजनिक पद धारणा गरेको व्यक्तिले यो ऐनबमोजिम कसुर हुने काम गरेमा उसलाई त्यो कसुरबापत अरु व्यक्तिलाई हुनेसरहको सजाय हुन्छ, साथै त्यसमा सो सजायको २५ प्रतिशत थप सजाय हुन्छ ।
  • कोहि मानिसले आफ्नो संरक्षणभित्र, अभिभावकत्वभित्र रहेको व्यक्ति वा हाडनाताभित्रको व्यक्तिउपर यो ऐनबमोजिमको कसुर गरेमा यो ऐनबमोजिम अन्य मानिसलाई हुने सजाय हुन्छ र यसका अतिरिक्त सो सजायको १० प्रतिशत थप सजाय हुन्छ ।
  • यो ऐनबमोजिम सजाय हुने कसुर एक पटकभन्दा बढी गरेमा प्रत्येक पटक कसुर गरेबापत सो कसुरमा हुने सजायको एक चौथाइ थप सजाय हुन्छ ।

यसरी मानव बेचबिखन तथा ओसारपसार ऐनले विस्तृत रुपमा अपराधको परिभाषा गर्नुका साथै कडा सजायको व्यवस्था पनि गरेको छ ।

 

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनमा रहेका विशेष व्यवस्थाहरु :

यसभन्दा अघिको जीउ मास्ने तथा बेच्ने कार्य नियन्त्रण ऐन २०४३ मा धेरै कमजारी रहेका थिए । यो कानुन धेरै पहिले बनेको हुँदा पछिल्लो समयमा विज्ञान र प्रविधिको विकाससँगसँगै जटिल बन्दै गएको मानिस बेचबिखनको समस्यालाई सम्पूर्ण रुपमा सम्बोधन गर्न नसक्ने भएपछि यो कानुन बनाइएको हो । धेरै लामो बहस र छलफलपछि आएको यस कानुनमा पुरानो ऐनमा भएका राम्रा व्यवस्था र थप नयाँ व्यवस्थाहरु राखिएको छ ।
ऐनमा रहेका यस्ता सबल पक्षलाई विशेषताको रुपमा निम्नअनुसार लिन सकिन्छ :

  •  मानिस बेच्नेलाई साथै किन्नेलाई पनि सजायको व्यवस्था गरिएको छ ।
  •  कुनै पनि प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउन नपाउने गरी निषेध गरिएको छ ।
  • प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने कार्यलाई पनि अपराध कायम गरिएको छ ।
  •  उजुर गर्नेले आफ्नो नाम गोप्य राखिदिन अनुरोध गरेमा उजुर दर्ता गर्ने प्रहरी कार्यालयले उजुरकर्ताको नाम गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ ।
  •  प्रभावित वा उजुर गर्ने व्यक्तिले मुनासिब कारण देखाई मुद्धाको कारबाहीको सिलसिलामा अदालत आउँदा–जाँदा सुरक्षाको माग गर्न सक्छ ।
  • प्रभावितले प्रहरी कार्यालयमा गरेको बयान सो मुद्धा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने अदालत भए पनि प्रहरी कार्यालयनजिकको जिल्ला अदालतका न्यायाधीशले प्रमाणित गरिदिनुपर्ने व्यवस्था गरिएको छ । त्यसरी प्रमाणित बयान मुद्धाको कारबाहीको सिलसिलामा प्रभावित व्यक्ति उपस्थित नभए पनि अदालतले प्रमाणमा लिन सक्छ ।
  • प्रभावितले पीडकको जालबाट उम्कने वा विरोध गर्न कुनै कार्य गर्दा पीडकको ज्यान गएमा समेत प्रभावितलाई कुनै प्रकारको सजाय हुँदैन ।
  • यस ऐनबमाजिम अभियुक्तलाई भएको जरिवानाको ५० प्रतिशत रकम प्रभावितले क्षतिपूर्तिस्वरुप पाउने व्यवस्था गरी प्रभावितलाई क्षतिपूर्ति दिनुपर्छ भन्ने अवधारणालाई स्वीकार गरेको छ ।
  • बेचबिखनबाट प्रभावित व्यक्तिको स्वीकृति नलिई निजको वास्तविक नाम, तस्वीर वा निजको चरित्रमा प्रतिकूल असर पार्ने कुनै पनि समाचार पत्रपत्रिकामा छाप्ने, प्रचार प्रसार गर्ने कार्यलाई रोक लगाएको छ ।
  • मानब बेचबिखन तथा ओसारपसारलाई निरुत्साहन गर्ने उद्देश्यले त्यस्तो कसुर गर्न लागेको वा गरेको कुराको जानकारी गराउने व्यक्तिलाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गरिएको छ, जसमा निजले सूचनाका आधारमा प्रभावितलाई उद्धार गरिएमा वा त्यस्तो कार्यमा संलग्न व्यक्ति पक्राउ परेमा निजलाई हुने जरिवानाको १० प्रतिशत रकम सुराकीलाई पुरस्कारका रुपमा प्रदान गरिनेछ ।
  • कसुरदारले त्यस्तो कसुरबाट प्राप्त गरेको सम्पत्ति जफत हुनेछ ।
  • यस्तो अपराधबाट प्रभावित व्यक्तिलाई शारीरिक वा मानसिक उपचार गराउन, सामाजिक रुपमा पुनःस्थापना गर्न र पारिवारिक पुनर्मिलन गराउन आवश्यकताअनुसार पुनःस्थापना केन्द्र र पुनःस्थापिका कोषको व्यवस्था गरिएको छ ।
  • यस ऐनअन्तर्गत कसुरसम्बन्धी मुद्धाको कारबाही तथा सुनुवाइ बन्द इजलासमा गरिनेछ । बन्द इजलासमा मुद्धासँग प्रत्यक्ष सम्बन्धी मानिसहरु मात्र उपस्थित हुन पाउँछन् ।
  • कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति,पीडितको संरक्षक, अभिभावक वा हाडनाताभित्रको व्यक्तिले कसुर गरेमा थप सजाय गर्ने व्यवस्था गरिएको छ । यस ऐनबमोजिम एक पटक उजुरी गर्ने व्यक्तिले उजुरी वा बयानविपरीत गएर पुनः बयान दिएमा वा अदालतले बोलाउँदा आई सहयोग नगरेमा उसलाई तीन महिनादेखि एक वर्षसम्म कैद हुन्छ ।

 

मानव बेचबिखन तथा ओसारपसारका विरुद्ध मुद्धा दर्ता गर्ने तरिका :

  • यो अपराध सरकारवादी भएर चल्ने फौजदारी अपराध हो । यसमा कसैले कसुर गर्न लागेको, गरिरहेको वा गरिसकेको थाहा पाउने जोसुकै मानिसले पनि उजुर गर्न सक्छ । यस्तो कसुरबाट प्रभावित व्यक्ति वा उसको आफन्तले मात्रै होइन, थाहा पाउने जोसुकैले पनि उजुरी गर्न पाइन्छ ।
  • यस्तो उजुरी नजिकको प्रहरी कार्यालयम गर्नुपर्दछ । यो उजुरी लेखेर वा मौखिक रुपमा दिन सकिन्छ । उजुरी गर्दा आपूmले थाहा पाएसम्मका सबै सूचनाहरु खुलाएर, प्रमाणहरु भएका त्यसलाई पनि दिएमा अनुसन्धान गर्नलाई सजिलो हुन्छ ।
  • यस्तो उजुरी यति नै दिनभित्रमा दिइसक्नुपर्दछ भन्ने कुनै बन्देज छैन, जहिलेसुकै दिए पनि उजुरी लाग्दछ तर घटना भएपछि जतिसक्दो चाँडो उजुरी गर्दा अनुसन्धान गर्न प्रमाण संकलन गर्न सजिलो पर्दछ । चाँडो उजुरी गरेमा पीडकलाई सजाय गर्न मद्दत मिल्दछ । अपराधबाट प्रभावित व्यक्तिले उजुरी दिएमा प्रहरी कार्यालयले नजिकको जिल्ला अदालतबाट त्यो प्रमाणित गराएर राख्नुपर्छ, जसले गर्दा कसुरदारलाई सजाय गराउन मद्दत मिल्दछ । उजुरी गरेपछि कसुरदारलाई पक्राउ गरी कारबाही शुरु गर्नुपर्छ ।

 

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी ऐनमा रहेका कमजोरीहरु :

  • यो कानुनमा धेरै राम्रा व्यवस्थाहरु हुँदाहुँदै केही कमजोरी पनि रहेका छन् । यस्ता कमजोरीहरु कानुनमा रहेका निर्बल पक्ष हुन्, जसले यस्तो अपराध नियन्त्रणमा बाधा पुर्‌याउँछ ।
  • यस कानुनमा उजुरी गर्ने व्यक्तिले सुरक्षा मागेमा दिन सकिने प्रावधान रहेको छ तर बेचबिखनमा परेको व्यक्तिलाई पनि सुरक्षा आवश्यक पर्न सक्छ प्रदान गर्ने विषयमा कानुन मौन छ । साथै मुद्दाका साक्षीहरुलाई पनि सुरक्षा आवश्यक पर्न सक्छ । त्यसैले उजुरी गर्ने व्यक्ति, बेचबिखनमा परेको व्यक्ति र साक्षीहरुलाई सुरक्षा गर्ने ग्यारेन्टी राज्यले लिनुपर्दछ ।
  •  यौनव्यवसाय आफैमा कानुनी हो वा गैरकानुनी हो भन्ने विषयमा हाम्रो कानुन मौन रहेको अवस्थामा यौनव्यवसाय गर्ने महिलासंग ग्राहकका रुपमा जाने पुरुषलाई मानव बेचबिखनको कानुनअनुसार सजाय गर्नु उपयुक्त देखिदैन ।

चुनौती/समस्या :

अवधारणागत अस्पष्टता,प्रभावित प्रतिको नकरात्मक दृष्टिकोण,गोपनीयताको हकको सुनिश्चितताको अभाव,प्रभावितहरुको पुर्नस्थापना, स्वास्थ्य, शिक्षा र रोजगारी,विश्वव्यापीकरण तथा उपभोगवादी सोच,दलालहरुलाई राजनैतिक संरक्षण र प्रभावितहरुलाई सामाजिक बहिस्कार,कानुनको प्रभावकारी कार्यन्वयनको अभाव,खुला सीमाना, बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थाहरु र प्रभावित प्रभावित बिच अस्वस्थ प्रतिस्पर्धा,मानब बेचबिखनको मुद्धालाई राजनितिक मुद्धाको रुपमा नलिनु, प्रभावितहरु पनि आफ्नो श्रीमान हुदा हुदै अर्काको श्रीमानसंग लाग्ने अनि घरमा पार्पाचुके गर्ने र विना विवाह केटासंग संगै बस्ने गरेका छन् ।

लेखिका सुनिता दनुवार सुनिता फाउन्डेशनका अध्यक्ष हुन् । उनि मानब बेचबिखन विरुद्धको अभियान्ता र आशुको शक्ति किताबको लेखिका पनि हुन् । 

 


सम्बन्धित खबरहरु